२ नम्बर प्रदेश सभासद (सांसद ) श्रीवास्तवकाे थप लाेकप्रिय काम

  • वैशाख २३, २०७७
  • २९१ पटक पढिएको
  • राम पुकार यादव
alt

लहान । प्रदेश नम्बर २ का प्रदेश सभासद (सांसद ) मदन सेन प्रसाद श्रीवास्तलले अर्को थप लोक प्रिय कार्य गर्न थालेपछि वहाँको कार्यको गुणगान प्रदेशमा मात्रै होईन देशभरमा चर्चाको विषय बनेको छ । नेताहरु त प्रदेश लगायत देश भरमा धेरै छन् तर मनकारी नेता प्रदेश नम्बर २ का प्रदेश सभासद श्रीवास्तवले विपन्न नागरिक तथा बटोही (बटुवा) लाई बिहीवार देखि सुखीपुर नगरपालिकामा र थपमा आज आईतवार देखि धनगढीमाई नगरपालिकामा निःशुल्क खाना खुवाउने भएपछि देशभरमा गुणगानमा चर्चा गर्दै गरिब नेता मनकारी नेताको रुपमा उपमा पाए रहनुभएको छ । लकडाउनको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका अवस्थालाई मध्यनजर गर्दै वहाँले श्री राम जानकी मन्दिर सुखीपुरको परिसरमा २५ गते देखि नै खाना खुवाई रहनु भएका छन् र आज आईतवार देखि थप धनगढीमाई नगरपालिका ११ धनगढी बजार स्थित प्रकृती अस्पतालमा समेत नगर स्तरीय निःशुल्क खाना खुवाउदै हुनुहुन्छ । वहाँले ब्यक्तिगत आर्थिक लगानीमा सुखीपुरमा बिहान र साझ निःशुल्क खाना खुवाउदै छन् र आज देखि नै धनगढीमाईमा पहिलो चरणमा बिहानको खाना खुवाउन थालेपछि लक डाउनका मारमा परेका विपन्नहरु खुशि भएका छन् । निः शुल्क खाना खुवाउन थालेपछि यहाँका विपन्नहरुले सभासदको जय जयकार समेत गरि रहनुभएको छ । काम नपाएर वियोगमा परेका विपन्नहरुको घरमा चुल्हो नबाली खाना पाउने गरेकोले सासंद श्रीवास्तवलाई विपन्नहरुले अशिर्वाद समेत दिई रहनु भएको छ । गरिवको नेता श्रीवास्तव हो भनेर उपनाम समेत पाए रहनुभएको छ । सभासद ज्युले घरमा बाट एक जना मात्र खाना खान आउनु बाकी सदस्यको लागि भाडोमा दाल, भात, तरकारी र अन्य सबै सामग्री लगेर सबैजना घरमै मिलेर खानु भन्ने गरेकोले आफु र आफना घरका सदस्यहरु एकदमै खुशि भएर खाना ल्याउन आएका छौ । यहाँ पनि खान्छौ घर पनि लगेर सबै परिवार मिलेर खाने गरेको खाना लिन आएकाहरुले बताउनु हुन्छ । घरको सबै सदस्यहरु एकै चोटी खान मात्रै आयो भने भिड लागने र समाजिक दुरीमा समेत समस्या पर्ने भएकोले यस्तो अहवान गरेको छु । हामी सबै जना एकै परिवारका मान्छे हौ । कोरोनाबाट पनि सबैलाई बचाउन हाम्रो कर्तव्य रहेकोले यस्तो अह्वान गरेको सासंद श्रीवातस्वले बताउनुभयो । खाना खुवाउदा आफुलाई धेरै खुशि लागने गरेको छ । अहिलेको अवस्थामा काम नपाएर भोखै सुत्ने गरेकोले भोखो पेटलाई खाना खुवाउने गरेका आनन्दीत भएर सुत्ने गरेका छौ । तर हाम्रो समाजमा यस्ता सेवालाई पनि अर्को रुप दिने मान्छेको कमी छैन् । कतिले सिडियोलाई समेत फोन गरेर दबाब दिलाउने गरेको प्रति दुख लागेको सासंद श्रीवातस्वले दुखेसो सुनाउनुभयो । वहाँले हिन्दीमा गीत गाएर सुनाउनुभयो – “भला किसिको कर न सके तो बुरा भि मत करना” यस प्रकारको गीत झै हामीलाई बन्नुपर्छ । अहिले विश्व महामारीको बेला सबैले आ–आफनो ठाउँबाट दुखमा परेका हरुलाई सहयोग गर्नुपर्ने दिन हो । तर यहाँ केही मात्र यस्ता झुटफुसको खेती गर्नेले विभिन्न प्रकारको कुराहरु उठाउने गरेका छन् । उनीहरु आज मात्र होईन उनीहरु जिवन भर नै झुटफुसको खेती गरेर बित्ने गरेकोले यस्ता मान्छेहरुको कुरामा नआउन अनुरोध गर्दछु । निःशुल्क भोजन कार्य सामुहिक सहयोगमा धेरै ठाउँमा हुने गरेको छ तर ब्यक्तिगत आफनै सहयोगमा गर्ने वहाँ देशमै पहिलो सभासद हुनु हुन्छ । सुखीपुरमा बैशाख २५ गते सम्म विहान ९ बजे देखि २ बजे सम्म , साझ ६ बजे देखि ७ः३० (साढे सात) बजे सम्म श्री राम जानकी मन्दिर सुखीपुरको परिसरमा खाना खुवाउदै र आज आईतवार देखि थप धनगढीमाई नगरपालिका ११ धनगढी बजार स्थित प्रकृती अस्पतालमा बैशाख २७ गते सम्म नगर स्तरीय विहान ९ बजे देखि २ बजे सम्म निःशुल्क खाना खुवाउने समय तालिका पहिलो चरणमा रहेको छ । वहाँले नेकपाबाट सिरहा जिल्लाको निर्वाचन क्षेत्र– २ (ख) प्रदेश सभामा अत्यधिक मत प्राप्त गरेर निर्वाचित हुनु भएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...