वालविवाह  गराएर राज्यमन्त्रीले प्रदेश २ लाई दिए चुनौति

  • वैशाख १३, २०७६
  • १४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 


बिष्णुपुर १२ बैशाख । गत मगंलबार १० गते रज्यमन्त्री सुरेश कुमार मन्डलले आफ्नै पैसा तिरेर प्रसाही ३ का एक दलितको बालबिबाह गराएका हुन ।प्रदेश दुई सरकारले चलाएको बेटि पढाउ , बेटि बचाउ अभियानलाई सरकारकै एक राज्यमन्त्रीले चुनौती दिदै  आफ्नै खर्चमा वालविवाह गरिदिएका छन् । आफै उपस्थित भएर डोम समुदायको वालिकाको विवाह गराइदिएका ति राज्यमन्त्रीको अधिकारकर्मीहरुले राजिनामा माग गरेका छन् । 
मधेसका दलित समुदायमा चेतनाको अभाव हुँदा आफ्ना कलिला सन्तानहरुको  विवाह गरिदिने चलन रोगको रुपमा रहेको  छ । यस्तैमा प्रदेश दुइृका एक राज्यमन्त्रीले नै दलित समुदायमा ठूलो समस्याको रुपमा रहेको वालविवाह रोक्नुको साटो आफ्नै खर्चमा स्वयं उपस्थित भएर दलित किशोरीको विवाह गराईदिए पछी खैलाबैला मच्चिएको छ । 
प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायका १४ बर्षिया किशोरीको विवाह गराएका हुन् । राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका ३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा यही मंगलवार राति गराएका हुन् । आर्थिक अवस्था कमजोर रहेको र जन्तीलाई समेत स्वागत गर्न नसक्ने अवस्थाका कारण सम्पूर्ण खर्च तिरेर विवाह गराइदिएको राज्यमन्त्री मण्डलका सहयोगी रमेश मण्डलले जानकारी दिएका छन् ।
राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अविभावकको जिम्मेवारी निभाए । वडाध्यक्ष अशोक मण्डलको संयोजकत्वमा भएको उक्त विवाहमा दुलहा–दुलहीलाई राज्यमन्त्री मण्डलले आर्शिवाद दिँदै आफूले गरिब–धनी र छुवाछुतको अन्त्यको सन्देश दिन राधाको विवाहको खर्च ब्यहोरेको बताए । सिरहा क्षेत्र नम्बर ५ बाट प्रदेश सभासदको  चुनाव जितेका मण्डल राजपाको सहमाहासचिव पनि हुन् ।
२० बर्ष भन्दा कम उमेरमा विवाह गराईदिनु कानुन विपरित हो । नियम कानुनको कार्यन्वयन गर्नु पर्ने मन्त्रीले कानुनको खिल्लि उडाउँदै वालविवाह गराउँदै हिँड्नु लज्जास्पद हो , दलित अधिकारकर्मी तथा पुरान वामपन्थि नेता शिवकुमार महराले भने , ति वालिकाको विवाहमा गरेको खर्च उनको पढाईलेखाई वा कुनै शिपमुलक तालिममा लगानी गरिदिएको भए राम्रो हुन्थ्यो ।
मन्त्रीको राजिनामा माग
यसैवीच सिरहाका अधिकारकर्मीहरुले दलित वालिकाको विवाह गराईदिने राज्यमन्त्री मण्डलको राजिनामा माग गरेका छन् । अधिकारकर्मी बिनोद बिशुखेंले जानाजान वालविवाह गराईदिने मन्त्री मण्डलले तत्काल राजिनामा दिनु पर्ने बताए । बिशुखेंले भने , वालविवाहलाई कानुनले स्वतः गैर कानुनी भनेको छ , गैर कानुनी काम गर्दै हिँड्ने राज्यमन्त्रीसगँ प्रदेश सरकारले तत्काल राजिनामा माग्नु पर्छ , र पार्टीले पनि उनलाई तत्काल कार्वाही गर्नु पर्छ ।
कारवाही हुन्छ ः माहासचिव सुमन
राज्यमन्त्री मण्डलले वालविवाह गराईदिएको आफ्नो जानकारीमा आए पनि केटीको उमेर  आधिकारिक रुपमा पुष्टि नभएको राजपाका माहासचिव मनिष शुमनले बताए । यदि केटिको उमेर २० बर्ष नकटेको भए पार्टिले छानविन गरेर मण्डललाई कार्वाही गर्छ , यसमा सबैजना ढुक्क भए हुन्छ , सञ्चारकर्मीहरुसगँ कुरा गर्दै माहासचिव शुमनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...