बैशाख २३ सिरहा सिरहाको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले सर्वदलिय सर्वपक्षिय समितिमा रहेका दलिय प्रतिनिधीहरुकै बदमासीले राहत बितरण कार्यमा झडप भएको बताएका छन् । नगर प्रमुख यादवले भने, आ–आफ्नो दलिय तथा ब्यक्तिगत स्वार्थ पुर्ती गर्न कै लागि वार्डका गरीब, बिपन्न सोझासाझा जनताहरुलाई उक्साएर आफुलाई बदनाम बनाउन चाहेको र आफुले त्यस्तो षडयन्त्र सफल हुन नदिएपछी झडप भएको र अहिले अवस्था सामान्य भई बाँकी रहेको राहत वितरण कार्य पनि समपन्न भईसकेको बताए । अब त्यस्ता स्वार्थीहरुलाई नै स्थानियले लखेटने अबस्था आईसकेको नगर प्रमुख यादवले बताए ।
मिर्चैया नगरपालिका वार्ड नं ७ फुलबरियामा राहत बितरण हुदैगर्दा सोमबार झडप भएको र झडपमा मिर्चैयाका डिएसपी सहित ८ जना घाईते भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दजर्नौ राउण्ड हवाई फायर गरेको थियो ।
वार्ड नं ७ का वडा अध्यक्ष रामकुमार यादवको संयोजकत्वमा रहेको सर्वदलिय सर्वपक्षिय समितिमा सर्वसम्मतीले राहत बितरण गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको अवस्थामा पनि दलका प्रतिनिधीहरुले नै आफ्नो स्वार्थ पुर्ती नहुने देखिएपछी झडपको स्थिती श्रृजना गर्ने दाउमा लागेको नगर प्रमुख यादवले बताए । मिर्चैया नगरपालिकाको १२ वटै वार्डमा गरी जम्मा ४ हजार ५ सय गरीब घरधूरीलाई राहत बितरण भएको उनले बताए ।
विश्वमहामारीको रुप लिएको कोरोना भाईरस(कोभिड १९) ले अस्तब्यस्त भईसकेको अवस्थामा कोरोना भाईरसको महामारीलाई कसरी नियन्त्रण गर्ने र जनधनलाई क्षती हुनबाट कसरी जोगाउने बेलामा कुनै बिशेष दलको राजनिति गर्ने अवस्था नरहेको र सबैले एकजुट भई महामारीलाई नियन्त्रण गर्ने काममा लाग्न सबैमा नगर प्रमुख यादवले आग्रह पनि गरे ।
यता प्रतिपक्षी दलका प्रतिनिधीहरुले वार्ड अध्यक्षहरुले आफ्नो मनमौजी काखापाखा गरी राहत वितरणको घरधूरी नामावली संकलन गरेको र राहत पाउनु पर्ने गरीब घरधूरीहरुले नपाएको र हुनेखाने सम्पन्न घरपरिवारहरुले पाएको आरोप उनीहरुले लगाएका छन् ।
नगर प्रमुख यादवले लकडाउनको पूर्ण रुपमा पालना गर्न र समस्या आए सिधा आफु कहाँ सम्पर्क राख्न मिर्चैया नगरबासीहरुलाई आग्रह गर्नु भएको छ । विश्वमहामारीको रुप लिएको कोरोना भाईरस(कोभिड १९)को रोकथाम तथा नियन्त्रणको लागि लकडाउनको बिकल्प नभएको बताउदै नगर प्रमुख यादवले लकडाउनको पूर्ण रुपमा पालना गरी आ–आफ्नो घरमै सुरक्षित रुपमा बस्न पनि नगरबासी लगायत सबैमा आग्रह गर्नु भएको हो ।
पालिकाद्धारा निमार्ण भएको क्वारिनटिन तथा विदेशबाट आउने नागरिकहरुको कोरोना परीक्षण र राहत वितरण अझ प्रभावकारी बनाउन कार्यबिधी तयारीमा जुटेको बताए । नगर प्रमुख यादवले भने, नगरवासीको हरेक समस्याको निगरानी राख्ने स्थानिय सरकार रहेको र स्थानिय सरकारको प्रमुखको हैसियतले नगरवासीका सर्बसाधारण, विपन्न वर्ग, श्रमजिबीहरु, मजदूरहरुलाई कुनै समस्या आए मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवको मो.नं ९८५२८३७५०० मा सम्पर्क राखन अनुरोध पनि गरेको छ ।
यस्तो महामारीको अवस्थामा पनि मिर्चैया नगरवासीहरुलाई कुनै समस्या नपरोस र सेवाको हिसावले नगरपालिका मातहतका समपूर्ण कर्मचारी तथा पदाधिकारीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल राख्दै लकडाउनको नियमलाई पालन गर्दै हरबखत नगरबासीको सेवामा जुटन मातहतका सबै निकायका कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन गरिसकेको र भएनभएको अनुगमन कार्य पनि भईरहेको नगर प्रमुख यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved