सामाजिक संजाल र अनलाइनमा चर्चा पाएका जोडि विपन्नवर्गलाई राहत दिन पुगे भोटीयाटोल

  • वैशाख २३, २०७७
  • ९०० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय विश्वकर्मा लहान २३ , बैशाख /बिश्वमहामारी (कोभिड १९ ) कोरोना प्रभावित विपन्न वर्गलाई राहत दिन समाजसेवी महेश चौधरी र संगिता कर्माचार्य आज भोटीयाटोल पुगेका छन । सामाजिक संजाल र अनलाईनमा आज भोली चर्चामा आएका यि जोडी मंगलवार सिरहाको लहान नगरपालिका वडा नम्बर – १२ भोटीयाटोलका ४० बिपन्न घरपरिवारलाई राहत दएको छ ।

नेपाल ईन्सयोरेन्स लहानका प्रमुख नागेन्द्र साह , सलहेश फुलवाडी ईङ्गलिस वोडिङ्ग स्कुलका प्रिन्सिपल शिवकान्त चौधरी , एपलो ऊँ ईङ्गलिश बोर्डिङ्ग स्कुल लहान , युवा नेता भिखन चौधरीको बिशेष सहयोगमा अति विपन्न परिवारहरुलाई राहत सामग्री दिईएको हो । राहत समग्रीमा प्रति परिवार १० किलो चामल , १ किलो आलु , १ किलो प्याज , १ किलो परवल , १ किलो नुन प्रदान गरेको हो । यस अघि यि दुई जोडीले लहान नगरपालिकाका वडा नम्बर १, ३, ५,७, ८, १३, १४, १६, १७, २४ लगायतका वडाका बिपन्न घर – परिवारलाई राहत वितरण गरिसकेको छ ।

राहत दिने क्रममा अनुभव सुनाउदै नेपाल महिला संघ कि केन्द्रिय सदस्य समेत रहेकी संगिता कर्माचार्यले वडा नम्बर १६ का बिपन्न परिवारहरु धेरै नै आर्थिक संकट भोगीरहेको सुनाईन । त्यहाँ खानेपानी र बिजुलीको समस्या रहेको उनले बताए । पाहाडै पाहाड प्रकृतीको हिसाबले रमाईलो ठाउँ हो , बिकासका पुर्वाधार नपुगेपछी त्याहाँका जनताहरु बढी लकडाउन प्रभाबित भएको उनले सुनाईन । बिपन्न परिवारलाई दैनिक छाक टार्न धेरै नै समस्या रहेको भन्दै त्यहाँ दोस्रो चरणको राहत दिने तयारी समेत गरेको समाजसेबी महेश चौधरीले बताएका छन । सहयोगी मनहरु र स्थानिय सरकारलाई त्यहाँ पुग्न युगल जोडीले आग्रह गरेका छन । बिपत्तको बेलामा कोई बिपन्न परिवारलाई दैनिक छाक टार्न समस्या परेको खण्डमा सिधा हामी दुई जोडीलाई सम्पर्क गर्न उनिहरुले आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...