समाजिक दुरी कायम राख्दै बलानबिहुलमा धमाधम राहत वितरण हुँदै

  • वैशाख २७, २०७७
  • ४३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रासिन्द्र यादव, सप्तरी, २७ बैशाख । लकडाउनको मारमा परेका गरिब, मजदुर लगायतका विपन्न समुदाय को लागी बलानबिहुल गा.पा ले राहत बितरण कार्यलाई युद्धस्तरमा लगेको स्थानियले जनाए ।

बलानबिहुल गाउपालिका ६ रौतहटमा बिहानै देखी राहत बितरण हुदै गरेको जानकारी प्राप्त भएको छ । गा.पा वडा न. ६ का अध्यक्ष सुर्य कुमार दासको अनुसार उक्त वडामा जम्मा ७५० घरधुरीलाई राहत बितरण गरिदै छ । उनको अनुसार समाजिक दुरी कायम गर्दै पारिवारिक संख्याको आधारमा राहत वितरण गरिदै छ । ६ जना सम्मको परिवारको लागी १५ किलो चामल, २किलो दाल, एक लिटर खाने तेल र १ किलो नुन बाँडिएको हो भने ६ भन्दा बढी पारिवारिक संख्या भएको परिवारलाई २० किलो चामल, ३ किलो दाल, २ लिटर खाने तेल र दुई किलो आयोडिन युक्त नुन लगायतका खाद्य सामग्री बाँडिएको हो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...