लकडाउनमा कोरोनाबाट मात्रै होइन्,गरिबीबाट पनि मर्नसक्छ भारती गुप्ता

  • जेठ ४, २०७७
  • ३९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

४ जेठ। मानव जीवन धेरै नै दु.खपिडा सहदै आईरहेको छ । जति पनि मेहनत गरेर कामकाज गर्दै आएपनि रोगभोकको पिडाले यो अमूल्य जीवन सताइरहेको हुन्छ ।
यो जीवनमा रोगभोकको कारण मृत्यु हुनु भनेको गरिबीले सताइरहेको छ । अहिले कोरोना भाइरसले जीवन मृत्युसँग लडिरहेको छ । यस्तो अवस्थामा गरिबीको कारण मानिसहरुलाई एकदमै पिडा भएको छ । अन्य रोगहरुले पनि सताइरहेको छ । कोरोना मात्र नभई अन्य रोगहरुबाट मानिसहरुको मृत्यु हुदैछ ।
मानिसको जीवनमा विभिन्न लतहरु लगेको हुन्छ । प्रायजसो मानिसलाई सुर्तीको बानी हुन्छ । त्यसबाट बर्सेनी लाखौँ मानिसको ज्यान गइरहेको छ । अहिले पाँच महिनादेखि यो कोरोना भाइरस जीवनसँग लडिरहेको छ । जसलाई यो कोरोना भाइरस सक्रमण भएपछि यो संसारबाट बिदा हुन्छ कि त्रास भइरहेको छ । मानिसलाई बाँच्नको लागि सरकारले लकडाउन जति बढाए कोरोना भाइरसबाट मरोस वा नमरोस तर गरिबी र विभिन्न रोगको कारण मर्ने अवस्था छ । मुख्यत गरिबीको कारण मानिसको जीवन अँध्यारो जस्तो भएको छ । दिनभरी काम गर्ने राती आरामले सबै परिवार मिलेर खाने गर्थे । अहिले लकडाउनको समयमा राहतको आसमा बसेको जनताले भोकभोकै बस्नु परेको अवस्था छ ।
दोस्रो चरणको राहत घरघर पुगिरहेको छैन । जहाँ राहत पुगिरहेको भएपनि स्थानिय सरकारले दिइएको राहत सामग्रीमा कमि नै रहेको छ । राहतमा दिइएको सामानहरुमा कमिसनको चलखेल भएको हुन्छ । कुहिएको चामल र त्यसमा कमिसनको चलखेल गर्नेलाई कडा कार्वाही हुनु अति आवश्यक छ । तर, जनप्रतिनिधिहरुले आफ्नो बानीमा सुधार गरेको छैन । न त सरोकारवाला निकायले कारवाहीको दायरामा ल्याएको छ ।
भोकभोकै बसेको गरिबहरुको लागि खाद्यान्न सामाग्रीहरु बाँडनु भएमा धेरै पुन्य र धर्म हुन्छ । यस्तो धर्म गर्नको लागि कुनै तिर्थ जानु पर्दैन । गरिब भोकै बसेको मानिसलाई सेवा गर्नु भएको भए तपाइले धेरै नै महान् र समाजको प्रष्ठित व्यतिm हो भन्ने चिनिन्छ । धनी मानिस धनले ठुलो हुदैन । आफनो मन र कर्मले ठुलो हुन्छ । कर्म गर्नको लागि आफनो समाजमा भएका वा गाउँमा भएका भोकै बसेका बालवृद्ध तथा बिरामीहरुलाई उपचार गराएमा वा गरिब पविारमा जन्मेका कुपोषण भएको बालबालिकाहरुलाई पौष्टिक आहारको व्यवस्था गरिदिए धनीको कर्तव्य हो । धनिले यस्तो सेवा गरेमा त्यो बालबालिकाले यो लकडाउनको समयमा आफनो ज्यान जोगाउन सक्छन् । जो देशको कर्णधार बन्न हो । यो लकडाउनको समयमा जन्मेको शिशु र बृद्धबृद्धाहरुको स्हार गर्नु हामी सबैको कर्तव्य हो । र्आिर्थक अवस्था कमजोर भएको कारण सोचेको कामलाई आगाडि बढाउन सकिरहेको छैन । जीवनमा धेरै सपना राखेको हुन्छ । आफनो छोराछोरीको भविष्यको लागि धेरै नै सपनाहरु सजाएको हुन्छ । तर यो लकडाउनको समयमा आर्थिक अवस्था कमजोर भएको कारण सपनाहरु अधुरा रहने अवस्था सृजना हुँदैछ । गरिबीको कारण मानिस आफनो जीवनको सफलता हासिल गर्न सकिदैन । लकडाउनले गरिबीको कारण मानिसको जीवन जोखिममा छ । बिरामी भएको बेलामा भोकै बसेको समयमा छिमेकीले पनि सापटी दिदैन ।
त्यसैले कोरोना भाइरसबाट ज्यान जोगाउन सक्छ कि सक्दैन । तर अरु रोग र भोकले ज्यान जान सक्छ । त्यसै कारण सरकारले सामाजिक दुरी कायम गरी जस्तोसुकै खालको रोजगारीको व्यवस्था गर्नुपर्ने अति आवश्यक छ । अहिलेको अवस्थामा गरिबीको कारण आर्थिक अवस्था एकदमै कमजोर भएको महिलाहरु अरुको घरमा वा धनि मानिसको घरमा गएर झुठो भाडावर्तन लुगाहरु धुने गर्ने र घरमा झाडुपोछा गर्ने काम रोकिएको छैन । एक महिना काम गरे वापत एउटा घरधनीले तीन —चार हजार दिन्छ । गरिबीको कारण महिलाहरु यो लकडाउनको समयमा आफनो छोराछोरीलाई पालन पोषण गर्नको लागि एक विहानै उठेर आफनो घरको सबै काम सकाएर अरुको घरको भाडा बर्तन सफा गर्नको लागि पुग्छ । गरिबी हो । मिहिनेत गरेर कमाएको पैसाले घर व्यवहार चलाउन सकिन्छ । गरिबलाई पनि यो लकडाउनको समयमा आफनो जीवनलाई महत्वपुर्ण बनाउनको लागि सधैँ सरसफईमा ध्यान दिनु अतिआवश्यक हो । मेहनत गरेर कमाइएको पैसाबाट साबुन , हेन्डवास, सेनिटाइजरको व्यवस्था गर्नु भएको भए भने विभिन्न रोगबाट बच्न सकिन्छ ।
विश्वभरी फैलिएको कोरोना भाइरस माहामारीको रुप लिएको छ । यसबाट ज्यान जोखिममा छदैछ । यदि सरसफइमा बढी ध्यान दियो भने परिवार नै स्वस्थ रहन सक्छ । स्वास्थ मानिसको अमूल्य जीवन हो । यो अमूल्य जीवनलाई जसरी भए पनि स्वस्थ राख्नुपर्छ । यसको लागि विहान चारबजे उठेर मनतातो पानी पिएर घरमै वा आँगनमा हिडडुल गर्नुपर्छ । योसँगै योगाभ्यास गर्दा विभिन्न रोगसँग लड्न सकिने क्षमता आर्जन गर्न सकिन्छ ।यो लकडाउनको समयमा गरिब धनी नसोचीकन घरबाट बाहिर निस्कनु परियो भने माक्स लगाउनुपर्छ । बाहिरबाट आएको अपरिचित व्यतिmसंग समाजिक दुरी कायम गरी लकडाउनको अवस्थामा टाढै बस्नु नै जाती ।

अन्धविश्वासको घेरामा समाज

मानिस मानिसमा पिडा र भेदभाव छ । कोरोना भाइरसको डरले एक आपसमा कुराकानी हुनसकेको छैन । जहिले पनि सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था छ । लकडाउनको पालना गरी मानिसहरु आफनो जीवनलाई काँडा फुलको जस्तो बनिरहेको छ ।
कोरोना भाइरसबाट को बाच्न सक्छ ? को बाच्न सक्दैन ? भन्ने डर त्रासबाट जीवन दोधारमा छ । कोरोना भाइरस फैलिरहेका कारण मानिसहरु चिन्तामा केही उन्नती प्रगती गर्न सकिरहेको छैन । घरमै बसी आफनो जीवन जोगाउनको लागि खानपिनमा पनि एकदमै फरक भएको छ । जो मनिसले सधैँ मासु खाने बानी थियौ । अहिलै हप्तामा एकदिन खाने गरेको छ । त्यसमा पनि कारोना भाइसको डरले मासु छुनमा समस्या भएको छ । मासुबाट भाइरस सर्न सक्छ । भन्ने जनजनमा संचार भएको छ ।
अर्कातीर अन्धविश्वासको घेरामा परेर जादु टुना गरेर महिलाहरु समूह बनाएर दिनभरी वर्त बसेर नदी किनारमा गएर दीप बाल्छन् ।लकडाउनमा पनि भाइरस भगाउनको लागि घरमा होम पुजा गर्छन् । विभिन्न खालको जादुटुनाहरु गर्छन । मानिस जति पनि शिक्षित भएर अन्धविश्वासको चपेटामा परेर विभिन्न देवि देवताको पुजा गरेर आफनो मनलाई सन्तुष्ट पार्नको लागि मनमा भएको शंका हटाउनको लागि मठ मन्दिर मस्जिदमा गएर ध्यान र नवाज गर्छन् । यत्ति गरेर कोरोना भाइरस जस्तो माहामारी रोग निको पार्नको लागि भगवानसंग प्रार्थना गरेर झन रोग पैmलिएको देखिन्छ । यसरी भिडभाड गरेर कोरोना संक्रमणको आमन्त्रण गरिरहेको छ । भारतबाट आएको जमातीहरुले मस्जिदमा नगएर यदि करेन्टाइनमा सिधैं गएको भए आज यस्तो समस्या नेपालमा आउँने थिएन । अहिलेको अवस्थामा भन्ने हो भने धार्मिक क्रियाकलापमा विश्वास नगरेर आफनो जीवनलाई बचाउनको लागि लकडाउनको पालना गर्नुपर्ने जरुरी छ । रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै जाती ।
सरकारले पनि भारतबाट जमातीहरु नेपालमा पसिसकेपछि नाकाहरु बन्द गराइएको थियो । कतारबाट आएको नेपालीमा पनि कोरोना भाइरसको संक्रमण थियो । यस्तो कति उदाहरणहरु छन् । एकजनामा संक्रमण भएपछि तीनहजारमा सार्न सक्छ । त्यसैकारण लकडाउनको पालना गरी जनजनको पिडा अन्धविश्वास नपरी कोरोना भाइरस जस्तो माहामारीबाट बच्नको लागि व्ययामको आवश्यकता छ ।
यो लकडाउनको समयमा मानिसहरु दैनिक कम्तिमा विहान एक घण्टा योगाभ्यास गरेमा यस्ता रोगबाट टाढा हुन सकिन्छ । कुनैपनि योगा र आशन गरेमा पसिना आउने गरी गरेमा आफनो शरीरमा भएको विभिन्न रोगहरुलाई भगाउन सकिन्छ । त्यति मात्र होइन, विहान ओछयानबाट उठेपछि दिसा पिसाब जानुभन्दा पहिलै क्षमता अनुसार मनतातो पानी चिया जस्तै पिउनु भए भने शरीरमा भएको विषहरु पिसाब र पसिनाद्धारा बाहिर निस्कन्छ । विहानदेखि रातीसम्ममा खाना खानुभन्दा एक घंण्टा पहिले पानी पिउनु र खाना खाएपछि कम्तीमा डेडघंण्टा पानी नपिएपछि शरीरमा भएको विभिन्न रोगहरु निको हुन्छ । त्यति मात्र होइन खाना या नास्ता खानु समयमा पानी नखाएपछि र नियमित तातोपानी पिउनु शरीरमा भएको सबै रोग निको हुन्छ । निको नभएपनि कन्ट्रोल गर्न सकिन्छ । खानालाई पेष्ट बनाएर खाना खायो भन्ने या खानालाई मुखमा बतीस चोटी नभए स्रोह पटक चबाएर खाएमा र खाना जहिले पनि कम मात्रामा खानु बेस हुन्छ । लकडाउनको बेलामा घरमा बसीबसी यी उपाय गरेमा रोगसँग लडने क्षमता बढ्दै जान्छ । लकडाउनको समयमा अहिले सम्म कोरोना भाइरस संक्रमण रोक्न कसैले पनि औषधी पता लागाउन सकिरहेको छैन ।
पहिले ज्योतिष बाबाहरुले हातको रेखा देखेपछि भाग्यमा के छ सबै बताउँथ्यो तर अहिलेको अवशथामा सबै बाबाहरु हराएको जस्तो छ । मात्र रामदेव बाबाको चर्चा छ । योगाभ्यासबाट लकडाउनको बेलामा जनजनको पिडा हटाउन सकिन्छ । योगाभ्यासले शरीरमा फुर्ति आउछ । यो अन्धविश्वास होइन यो कुनै जादुटुना पनि होइन । त्यसैकारण बाबा रामदेवको नाम चर्चामा छ । आफनो जीवनमा जति संघर्ष गरेमा त्यति नै उन्नती गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...