कमिशन एजेन्ट राख्ने मन्त्री सोनलको राजिनामाको माग, वालविवाहका अपराधी राज्यमन्त्री मण्डललाई कारवाही गर

  • जेठ २०, २०७७
  • १४० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

२० जेठ । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले आफ्ना एजेन्टमार्फत नै सिरहाको कामकाज गराउँन खोजेपछि भ्रष्टाचारी रोक्न लहानका युवा किसानहरु आज मन्त्रीको विरोधमा प्रर्दशन गरेको छ । युवा किसानहरुले ‘कमिशन एजेन्ट राख्न पाइदैन, मन्त्री जितेन्द्र सोनल राजिनामा गर’ ‘किसानको माग पूरा गर, सिँचाई रोक्न पाइदैन्’ ‘बालविवाह गराउँने राज्यमन्त्री सुरेश मण्डललाई कारवाही गर ’ ‘सिँचाई विकास सबैको सरोकार, हाम्रो किसानको माग पूरा गर’ जस्ता प्लेकार्ड बोकेर लहानमा प्रदर्शन गरेको छ । लहान १९ का किसानहरुले चार दिन अगाडि पावर ड्रिल बोडिँगको लागि भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लहानमा आवश्यक फाईलसहित निवेदन दर्ता गराएको थियो । आवश्यक फाईल बमोजिम कामकाज गर्न सम्झौता तयार भइरहेको अवस्थामा कमिशनको संकेत नदेखेपछि डिभिजन कार्यालयका हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले ‘प्रदेश २ बाट मन्त्रालयको फोन आयो सम्झौता गर्न सक्दीन ।’ ‘मेरो जागिरको सवाल छ’ ‘यो काम गरियो भने मलाई सरुवा गरिदिन्छ’ भन्दै ‘तपाईहरु मन्त्रीको एजेन्टमार्फत आउँनुस् ।’ भनेका थिए , यता, कामको सम्झौता रोकेको भन्दै राष्ट्रिय जनता पार्टीका एक नेताले मन्त्री सोनललाई काम गराइदिन आग्रह गरेका थिए । फोनमै मन्त्री सोनलले ‘मेरो मान्छेलाई सम्पर्क गरेर आफै मिलाउँनुस् ।’ भन्दै मन्त्री सोनलले फोन काटेका थिए । सिँचाईको लागि आएको बोडिँग किसानले कमिशन तिरेर जडान गर्नुपर्ने स्थिति आएपछि युवा किसानहरुले डिभिजन कार्यालयमा तालाबन्दी गरेका थिए । मन्त्री सोनलकै आदेशमा दूई दिनपछि जेठ २० गते त्यस कार्यालयका कर्मचारीले ताला फोडेर काम गर्न थालेका थिए । त्यसै बखत युवा किसानहरुले आफ्नो काम पनि अगाडि बढाउँन आग्रह गर्दा हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले मन्त्रीको एजेन्टमार्फत आउँनु भएका थिए । कमिशन विनाको सम्झौता नगरेको भन्दै यस कार्यमा संलग्न रहेका प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डल र मन्त्री सोनलविरुद्ध युवा किसानहरुले आज लहानमा प्रदर्शन गरेका छन् । राज्यमन्त्री सुरेश मण्डलले गत बर्ष आफ्नै खर्च दिएर कल्याणपुर ३ प्रसाहीका कुशे मल्लिककी छोरी बर्ष १४ की राधा मल्लिकको वालविवाह गराएका थिए । वालविवाह अपराध हो । अपराधी राज्यमन्त्री मण्डललाई कानुनी रुपमा कारवाही गर्न समेत युवा किसानहरुले माग गरेका छन् । प्रदर्शन गर्दै युवा किसानहरुले आफ्नो माग पुरा गराउँन जिल्ला प्रशासन कार्यालय सिरहा र लहान नगरपालिकामा निवेदन दिएका छन् । राजपाका युवा नेता बलिराम यादवले ‘एजेन्ट राखेर कमिशन लिने मन्त्री सोनल र बालविवाह गराउँने कानुनी अपराधीलाई पार्टीले के देखेर राखिएका छन् ? यस्ता मन्त्रीलाई यथाशिघ्र कारवाही गर्नुपर्छ । यो त पार्टीलाई नै बद्नाम गर्ने काम गरिरहेका छन् । यस्ता कमिशनखोर र अपराधीलाई कारवाही गर्न जोरदार माग छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...