प्रधानमन्त्रीले बेसारलाई कोरोनाओखतीका रुपमा प्रस्तुत गरेको विरोधमा युवाहरुको रचनात्मक प्रदर्शन

  • असार ६, २०७७
  • २३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौँ –प्रधानमन्त्रीले बेसारलाई कोरोनाओखतीका रुपमा प्रस्तुत गरेको विरोधमा युवाहरुको रचनात्मक प्रदर्शन गरेका छन् ।युवा–विद्यार्थीहरुले पछिल्लो केही समययता कोरोना भाइरसविरुद्ध कमजोर सरकारी प्रयासको विरोधमा रचनात्मक रुपमा विरोध प्रदर्शन गर्दै आएका छन् ।सोही क्रममा शनिबार उनीहरुले काठमाडौँको शहीद गेट क्षेत्रको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

उनीहरुले शरीरमा बेसार तथा रगतको सांकेतिक रुपमा रातो रंग शरीरमा दलेर सडकमा सुतेका हुन् ।उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार तथा सरकारले त्यसप्रति गरेको अनदेखीको विरोधमा प्लेकार्ड बाकेका थिए ।पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।देशसञ्चार

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...