स्वास्थ्य, शिक्षा र कृषि सरकारको अग्र प्राथमिकतामा योजना मन्त्री यादव

  • असार ६, २०७७
  • ३८१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा,५ असार । सहिद चन्द्र नारायण यादवको २० औं स्मृति दिवसको अवसरमा प्रसुती तथा बालबालिकाहरुका लागि सुरु गरिएको सप्ताह व्यापी निः   शूल्क स्वास्थ्य परिक्षणको उद्घाटन प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले गरेका छन् ।

सहिद चन्द्र नारायण यादवको नाउँमा खोलिएको चन्द्र नारायण यादव मेमोरियल ट्रष्टद्वारा संचालित चन्द्र नारायण मेमोरियल मेटर्नीटि अस्पतालबाट सिरहाको दक्षिणी क्षेत्रका जनताले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवाको फाइदा लिन सक्ने आर्थिक मामिला तथा योजना मन्त्री यादवले बताए । वर्तमान परिवेशमा स्वास्थ्य, शिक्षा र कृषि सरकारको अग्र प्राथमिकतामा रहेको औल्याउदै उनले भने,‘स्वास्थ्य क्षेत्रमा चन्द्र नारायण मेमोरियल ट्रष्टले देखाएको योगदान अविश्वमरणीय छ ।

अस्पताल व्यवस्थित पनि छ ।’ अस्पताल संचालन र व्यवस्थापनमा प्रदेश सरकारबाट हुन सक्ने सहयोग तथा सहकार्यको भरपुर प्रयास गरिने उनले प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य सेवाको दुराव्यस्थालाई चिर्न र सुदृढ स्वास्थ्य सेवा प्रदान गर्नका लागि ट्रष्टले अस्पताल संचालन गरेको चन्द्र नारायण यादव मेमोरिल मेटर्नीटि अस्पताल माडर सिरहाका कार्यकारी निर्देशक डा.सुभाषचन्द्र यादवले बताए । अस्पतालले स्वास्थ्य क्षेत्रमा व्यवस्थित र फरक सेवा प्रवाह गर्न विस्तारै आफ्ना पाइला अगाडि बढाइरहेको उनले दाबी गरे । उनका अनुसार एक पछि अर्को गर्दै आमा सुरक्षा कार्यक्रम पनि संचालन गर्ने तयारी भइरहेको छ ।

२० औं स्मृति दिवसको अवसरमा ०७७ असार ५ देखि ११ सम्म दैनिक दश बजे देखि दई बजे सम्म प्रसुती तथा बालबालिकाहरुलाई अस्पतालबाट हुने सम्पूर्ण जाँच गरिनुका साथै औषधी समेत निःशूल्क रुपमा दिइने उनले बताए । उनका अनुसार जाँच अन्तर्गत गर्भवतिको अल्ट्रासाउण्ड, पिसाव जाँच, रगत परिक्षण लगायतका जाँच निःशूल्क रुपमा गरिने छ । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि सामाजिक दुरी कायमसँगै सावुन, पानी तथा सेनिटाइजरको व्यवस्था गरिएको थियो ।

यसैबीच, सहिद चन्द्र नारायण यादवको २० औं स्मृति दिवसकै अवसरमा सिरहा नगरपालिका १ नं.वडाका वडाध्यक्ष महेश कुमार यादवले जिल्ला अस्पताल सिरहामा उपचारका लागि भर्ना भएका बिरामीलाई फलफुल वितरण गरे । सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पौद्दार र वडाध्यक्ष यादवको संयुक्त उपस्थितिमा विरामीहरुलाई फलफुल प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...