विपद् जोखिम न्यूनिकरणको लागि जनप्रतिनिधिबीच छलफल

  • वैशाख १५, २०७६
  • १२२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिष्णुपुर १४ बैशाख । विपद् जोखिम न्यूनिकरण मूलप्रभावहिकरणको लागि सिरहाको कल्याणपुरमा दूई दिने जनप्रतिनिधिहरुलाई हालै तालिम दिइएको  छ ।
युएसएडको सहयोगमा कल्याणपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिरहाको आयोजनामा गरिएको सो तालिमा विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरणवारे विस्तृत्त जानकारी गराएका छन् ।
बाढी, कटान, डुबान जस्ता जोखिमबाट बाच्नको लागि पूर्वतयारीवारे विशेष छलफल भएको छ । आगलागी, हावाहुरी, सडक दुर्घटना, सर्पडंस र शितलहरले कल्याणपुरलगायत सिरहाको अधिकाँश गाउँ जोखिम रहेको सो कार्यक्रम छलफल भएको छ ।
यस्ता विपद् तथा बाढी पहिरोको जोखिमबाट बाच्नको लागि कल्याणपुर नगरपालिकाले कल्र्भट— सडक मर्मत, सेफ हाउसको तयारी, उद्धार सामाग्री खरिद, उद्धार समूहको तालिम, राहत वितरण, आपत्तकालिन सूचना केन्द्र स्थापना, विपत्त व्यवस्थापन कोष खडा गरिने तयारीमा रहेको फोकल पर्सन ललन कर्ण बताए ।
विपद् व्यवस्थापनको लागि कल्याणपुर नगरपालिकाले यस बर्ष ५० लाखको योजना बनाएको छ । जसमा बैशाख २० गते सूचना केन्द्र स्थापना हुने भएको छ । कल्याणपुरको चिकना, निर्दना, पर्साही, चतरी, वेलहा चपेना, कैलपुर, पूर्णियाही छर्रापटी, भँगठियाही, जमुआ परासीमा  बाढी, कटान, डुबान जस्ता जोखिम रहेको छ ।
स्थानीयतहले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएको छ । तर, बजेट सम्बन्धित ठाउँमा प्रयोग भइरहेको छ । छैन ?  कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले ‘विपद् व्यवस्थापनको लागि उद्धार सामाग्री खरिद गर्ने काम भइरहेको छ ।’ ‘यो तालिमले पनि धेरै कुराको अवगत गराएको छ ।’‘यसको लागि चेतनामुलक र राहत व्यवस्थापनको काम गरिरहेको छु ।’ ‘शिपमुलक कार्यसमेत अगाडि बढाइएको छ ।’ कल्याणपुरलगायत सिरहाको कमला छेउका सिरहा, बसपिटा, माडर, लक्ष्मीनिया, खिरौना, सुखचैनामा बाढीको जोखिम रहेको छ । यस्तै सनेठा, लगडी गदीयानी, औरही, इटाटार, हरकट्टी, बरियापट्टी, लहानमा खोला छेउका बस्ती अत्ति जोखिम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...