लुम्बिनी लर्निङ् सेन्टर प्रा.लिले अनलाईन कक्षा सञ्चालन गर्दै

  • असार १२, २०७७
  • २६० पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

Ajay Mishra

 कपिलवस्तु, असार १२ उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्था लुम्बिनी लर्निङ सेन्टर प्रा.लिले अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको सेन्टरले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अनलाईन कक्षा सञ्चालन गर्ने सेन्टरका प्रबन्धक असीम कंडेल क्षेत्रीले बताएका छन् । कंडेलले कोरोना महामारीका कारण लकडाउनले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गरी ब्रिज कोर्ष तथा ईन्ट्रान्स तयारीका अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । एस.ई.ई पछि अध्ययन गरिने विभिन्न विधाका ब्रिज कोर्ष पढ्न नपाउदा यतिबेला विद्यार्थीहरु चिन्तित अवस्थामा छन् सोहि समस्यालाई मध्यनजर गरी लुम्बिनी लर्निङ् सेन्टरले अनलाईन कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरु खुसी भएका छन् । काठमाण्डौ तथा बुटवलका बिषय विज्ञ शिक्षकहरुद्धारा कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थीहरुलाई जोडिन सेन्टरले आग्रह गरेको छ । विगतका बर्षहरुमा लुम्बिनी लर्निङ् सेन्टर प्रा.लिमा अध्ययन गरि काठमाण्डौ बुटवलका चर्चित कलेजहरुमा शत प्रतिशत छात्रवृत्तिमा अध्यापन गराउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...