नेपाली काङ्ग्रेसद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

  • असार १२, २०७७
  • १९९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा / नवलपरासी ,१२ असार

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माकाे १३ अाै दिनकाे पुण्य तिथिमा नेपाली काङ्ग्रेस नवलपरासीले श्रद्धाञ्जली सभा सम्पन्न गरेकाे छ ।

शुक्रबार वहाकाे निवास त्रिबेणीमा श्रद्धाञ्जली सभा नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका सभापति बिष्णु पाैडेलकाे सभापतित्व तथा नेपाली कान्ग्रेसका केन्द्रीय सह महामन्त्री डा.प्रकाश सरण महतकाे प्रमुख अतिथ्तामा एवं पार्टीका केन्द्रीय सदस्य तथा सांसद देबेन्द्र राज कण्डेलकाे बिशिस्ट अातिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे हाे ।

जेठ ३२ गते गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाट दुर्घटनामा परि दुखद निधन भएकाे थियाे ।

श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै काङ्ग्रेसका केन्द्रीय सह महामन्त्री महतले राजकुमार शर्माकाे निधनले नेपाली कान्ग्रेसलाई ठुलाे क्षति पुर्याएकाे बताउनु भयाे । वहाकाे निधनले कान्ग्रेसलाई मात्र नभई एउटा समाजकाे असल अगुवा नै गुमाएकाेले देशलाई नै स्तब्ध बनाएकाे बताउनु भयाे ।

त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद कण्डेलले प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्यका साथै विकास प्रेमी, जुजारु एवं लोकप्रिय नेता भएको र उहाँले पार्टीको संगठनमा सक्रिय योगदान पुर्‍याउनु भएको स्मरण गर्दै शर्माकाे निधनले पाटीलाइ अतुलनीय क्षती पुगेको बताउनु भयो ।

श्रद्धाञ्जली सभामा नेपाल महिला संघ नवलपरासी कि सभापति कमला तिवारी पराजुली ,क्षेत्रीय सभापति तथा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता ,प्रदेश सभा सदस्य बैजनाथ जैसवाल ,प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष अन्जु चाैधरी लगायतले शाेक मन्तब्य ब्यक्त गर्न भएकाे थियाे ।

श्रद्धाञ्जली सभामा जिल्ला पदाधिकारी ,क्षेत्रीय सभापती ,महासमिती/महाधिबेशन प्रतिनिधि ,पालिका प्रमुख/उपप्रमुख,जिल्ला नेता,भातृ संस्था अध्यक्ष,पार्टी नेता तथा कार्यकर्ता लगाएत उपस्थिति रहेकाे सभामा भाई भानु शर्माले परिवारजनवाट धन्यवाद ज्ञापन गर्नुभएको थियाे भने कार्यक्रमकाे सन्चालन जिल्ला सचिव गजानन्द पटेलले गर्नुभएको थियाे।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...