कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल प्रेस यूनियन नवलपरासी द्धरा ६० जना क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • असार १३, २०७७
  • ३७० पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

संजय कुशवाहा / नवलपरासी ,१३ असार कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल प्रेस यूनियन नवलपरासीले जिल्लाका ६० जना क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रेस यूनियनका केन्द्रीय सदस्य जय सिंह केसी ले प्रेस यूनियन नवलपरासी पश्चिमलाई मास्क, सेनिटाइजर, पन्जा ,थर्मल गन र प्रेस ज्याकेट हस्तान्तरण गर्नुभएको हाे ।106239987_715748122594205_6075406371115900161_n हस्तान्तरण गरेकाे स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रम बिच नवलपरासीका पत्रकारहरुलाई साे सामग्री प्रदान गरिएको हो । समाचार संकलनमा खटिने पत्रकार कोरोना भाइरसको उच्च जोखिममा रहने हुँदा कोरोनावाट सुरक्षित राख्न आफुले ती स्वास्थय सामाग्री प्रदान गरेको प्रेस यूनियनका केन्द्रीय सदस्य जय सिंह केसीले जानकारी दिए । स्वास्थ्य सामग्री हस्तान्तरण नेपाल प्रेस युनियन पश्चिम नवलपरासीको अायाेजनामा युनियनका अध्यक्ष पुरुषाेत्तमा सुवेदीकाे अध्यक्षता तथा नेपाली कान्ग्रेसका केन्द्रीय सह महामन्त्री डा.प्रकाश सरण महतकाे प्रमुख अतिथ्तामा एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद देबेन्द्र राज कण्डेलकाे बिशिस्ट अातिथ्यतामा सम्पन्न भएको हाे। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कान्ग्रेसका केन्द्रीय सह महामन्त्री महतले कोरोना भाइरसको लडाई विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । कोरोना विरुद्धको लडाईमा पत्रकार अग्रभाग बसेर लडिरहेको बताउँदै, उनीहरुको सुरक्षा र सहजताका लागि अति उपयोगी सामग्री रहेको बताउनु भएको हाे। त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद कण्डेलले जोखिम बढ्दै जानथालेपछि नागरिकलाई सुचना दिनका लागि आफ्नो स्वास्थ्यलाई प्रवाह नगरी स्थलगत रिपोर्टिङमा खटिएका पत्रकारहरु उदाहरणीय काम गरिरहेकाे प्रशंसा ब्यक्त गर्दै पत्रकारहरु आम जनतालाई सूचना दिने प्रमुख माध्यम भएकाले विगतदेखिनै संकटका बेला अग्रपंक्तिमा रहने पत्रकार सुरक्षित रहेमात्र आम नागरिकले सहि सूचना प्राप्त गर्न सक्ने हुँदा सुरक्षित रहेर पत्रकारिता गर्न आग्रह समेत गर्नुभएकाे हाे । प्रेस यूनियनका केन्द्रीय सदस्य जय सिंह केसीले संकटको बेलामा गरेको सानो सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारलाई ठुलो राहत मिल्ने नवलपरासी पश्चिमका प्रेस युनियन अध्यक्ष सुवेदीले बताउनुभयो ।74367667_668627190360113_7431805122021093892_n रातदिन सूचना संकलनका लागि खटिने पत्रकारको स्वास्थ्य प्रति चिन्ता र चासो राख्दै निशुल्क रुपमा स्वास्थ्य सामाग्री विरतण गरेकोमा केसीलाई धन्यवाद दिदै प्रेस युनियन नवलपरासीमा अाबद्ध पत्रकारहरुकाे काेराेना बिमा प्रेस युनियन नवलपरासीबाट गरिएको समेत सुवेदीले जानकारी गराउनु भएको हाे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...