गोलबजार नगरपालिकाले गरे ७५ करोडको बजेट विनियोजन

  • असार १४, २०७७
  • २०७ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ७५ करोडको बजेट विनियोजन गरेको छ ।

बुधबार नगर प्रमुख देबनाथ साहको अध्यक्षतामा उदघाटन गरीएको नगरसभामा ७५ करोड ४० लाख ७८ हजार ६ सय ६१ रुपैयाँको प्रस्ताव पेश गरिएको हो ।

जसमा पुजिगत तर्फ ४० करोड र चालु तर्फ ३४  करोड लगभग बजेट विनियोजन गरिएको गोलबजार नगरपालिकाका मेयर देबनाथ साहले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य , कृषि र बाटो लगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले बताए ।

नगरपालिकाले सोही अवसरमा काम गरेका उतकृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरेका बताए ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...