खेलकुदको विकासमा टेवा पुग्ने : प्रदेश साँसद यादव

  • असार १७, २०७७
  • १७८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, असार १७ गते । सिरहा नगरक्षेत्रका खेलाडीलाई लक्षित गरी खेलकुद सामग्री वितरण गरिएको छ ।सिरहा क्षेत्र नम्बर ३ ख का सांसद एवं नेकपा जिल्ला सचिव प्रमोद कुमार यादवको संसदीय कोषको रकमवाट खेलकुद सामग्री वितरण सुरु भएको हो । साँसद यादवको संसदीय कोषवाट सिरहा नगरपालिका क्षेत्रका २२ वटा वडालाई लक्षित गरी वुधवारदेखि खेलकुद सामग्री वितरण सुरु गरेको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताए ।

प्रदेश साँसद यादवको संसदीय कोषको ९ लाख ५० हजारको लागतमा २२ वटा वडामा फुटबल र क्रिकेट खेललाई प्रोत्साहन हुनेगरी सामग्री वितरण गरिएको अध्यक्ष यादवले बताए । सिरहामा एक कार्यक्रमको आयोजना गरी वडा नम्बर १, २, ७, ८, ९ र ११ का कल्व र खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो । वडा नम्बर १ र ७ मा क्रिकेट खेलको लागि खेलाडीलाई जर्सी र टिमलाई विकेट ६ थान, ब्याट २ थान, हेलमेट १ थान, प्याड १ थान, ऐरी १ थान, टेनिस बल १÷१ वटा वितरण गरिएको अध्यक्ष यादवले बताए ।

यस्तै फुटबल खेलका सामग्री वडा नम्बर २, ८, ९ र ११ का खेलाडीलाई जर्सी, बुट, हज र टिमलाई २ थान फुटबल दिईएको छ ।खेल सामग्री वितरण गर्दै प्रदेश साँसद यादवले खेलकुदको विकासमा टेवा पुग्ने बताए । आफूपनि खेलकुद क्षेत्रप्रति लगाब राखेकोले युवाहरुलाई खेलप्रति प्रोत्साहन गर्न खेलकुद सामग्री वितरण गर्न सहयोग गर्न पाएको बताए ।

खेलकुद सामग्री वितरण कार्यक्रममा नेकपाका युवा नेता रविन्द्र साह, जिल्ला समन्य समिति सदस्य गिता पासममान, सिरहा नगरपालिकाका मेयरका प्रत्यासी डा नविन यादव, वडा नम्बर ६ का वडाअध्यक्षका प्रत्यासी दिनेश यादव, जिल्ला फुटबल संघका अध्यक्ष अरुण कुमार साह, महासचिव कृष्ण कुमार यादव लगायत सहभागी रहेको थियो । कार्यक्रमको संचालन खेलाडी रामभरोस यादवले गरेका थिए ।

पहिलो दिन ६ वटा कल्वलाई खेलकुद सामग्री वितरण गरेको कल्वले सिरहा नगर क्षेत्रका अरु १६ वटा वडालाई क्रमशः दुई दिनभित्र खेल सामग्री हस्तान्तरण गरिसक्ने अध्यक्ष यादवले बताए ।

२ हजारको सहयोग हस्तान्तरणयसैवीच सलहेश कल्वका अध्यक्ष राजिप यादवले आफूले पाएको राहत रकम अर्का एक खेलाडीलाई हस्तान्तरण गरेका छन् । आफू रेफ्री पनि भएकोले जिल्ला फुटबल संघले आर्थिक सहयोग स्वरुपको २ हजार रकम सहयोग गरेपछि त्यो रकम फुटबल खेलाडी शम्भु कुमार यादव (हावा)लाई प्रदान गरेको बताए । उक्त चेक रकम प्रदेश साँसद यादव मार्फत खेलाडी शम्भुुलाई प्रदान गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...