आज हरिशयनी एकादशी मनाइंदै

  • असार १७, २०७७
  • १७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

१७ असार । आज हरिशयनी एकादशी मनाइंदैछ । आज घर–घरमा तुलसीको बिरुवा रोपेर व्रत बस्ने गरिन्छ । आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ ।

आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत देशभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनहरू पुगेका छन् ।

यो पटक लकडाउन भएकाले विगतमा जस्तो मन्दिरमा भिडभाड भने कम रहेको छ । हिन्दू धार्मिक मान्यताअनुसार घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ ।

हरिबोधनी एकादशीमा भगवान विष्णु जाग्ने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...