एकसता बितिसक्दा समेत वडा कार्यालयकोः तालाबन्दी खुल्न सकेनन्

  • साउन ७, २०७७
  • २८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सम्वाददाता सप्तरी (कुशहा), ७ श्रावण । सप्तरीको सुरुङ्गा नगर पालिका –५ को वडा अध्यक्षको कार्य कक्ष तथा मुल गेटमा तालाबन्दी गरेको एकसता बितिसक्दा समेत तालाबन्दी अझै खुल्न सकेका छैनन् । एकसता अघि बनिगामाका स्थानियवासीहरुले वडा अध्यक्षको कार्यकक्षमा अश्चितकालीन तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण सेवाग्राहीहरु प्रत्यक्ष मारमा परेका छन् । वडा अध्यक्ष अरहुलिया देवी पासवानले विकासिय बजेटमा व्यापक भेदभाव गरेको भन्दै बनिगामाका स्थानियवासीहरुले एकसता अघि वडा कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेका छन् । हामीहरुको माँग पुरा नभए सम्म तालाबन्दी जारी रहने स्थानिय दिलाराम चौधरीलाई उदृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । गाँउमा आरसिसि ढलानका लागि बारम्बार वडा अध्यक्ष पासवानलाई आग्रह गर्दा समेत वडा अध्यक्ष पासवानले वेवस्ता गरेका कारण बाध्य भएर वडा कार्यलयमा तालाबन्दी गर्नु परेको समाज सेवी शर्मिला देवी चौधरीले बताईन ।

आरसिसि ढलानको योजनालाई परिवर्त गरी ग्राभेलको योजना दिदा स्थानियवासीहरु आक्रोसित भएका छन् । बनिगामावासीले तालाबन्दी गरेको दुई दिन पछि पुन ः पश्चिम टोलका स्थानियवासीहरुले समेत वडा कार्यालयको गुल गेटमा नै तालाबन्दि गरेका छन् । वडा अध्यक्ष मोम्हद सिल्टु मियाँलाई केहि महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित प्रक्राउ गरेपछि मियाँ स्थानमा वडा सदस्यमा निर्वाचित अरहुलिया देवी पासवानले वडा अध्यक्षको कार्यभार समाल्दै आएका छन् । तर तालाबन्दि खोल्ने विषयमा हालसम्म नगरपालिकाले कुनै प्रयास नगरेकोमा स्थानियवासीहरुले आपति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...