सरकार भ्रष्टाचारीको संरक्षक सरकारको कारण मुलुक धराशायी बन्दै

  • साउन १६, २०७७
  • ४४९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

प्रदेश टाइम्स ,श्रावण १६, । जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार भ्रष्टाचारीको संरक्षक बनेको आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले भ्रष्टाचारका काण्डैकाण्डका मतियारहरूलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा दिँदै सरकारले सुनकाण्डदेखि कोरोना कहरका बीचमा औषधि खरिद काण्डसम्मका मतियारलाई संरक्षण गरेर देशलाई डुबाउन लाग्यो ।’ सिंगो विश्व नै कोरोना महामारीको चपेटामा परेको वेला सरकार भने भ्रष्टचारीको संरक्षणमा लागेको उनको आरोप छ । कार्यक्रममा उनले विश्वको पहिलो शक्तिराष्ट्रको दिशामा उन्मुख हुँदै गएको चीन र तेस्रो शक्तिराष्ट्र भारतको बीचमा रहेको नेपालले दुवै देशबाट व्यावसायिक फाइदा लिन सक्नुपर्ने बताए । ‘त्यसो हुँदा मात्र मुलुक समृद्ध बनाउन सकिन्छ,’ उनले भने, ‘छिमेकी तथा मित्रराष्ट्रहरूलाई चिढ्याएर मुलुक समृद्ध बन्न सक्दैन ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उट्प्टयाङ कुराले छिमेकीसँगको सम्बन्धमा दरार पैदा भएको पनि बताए । उनले भने, ‘प्रधानमन्त्री बोल्न उभिँदा अब के उटप्टयाङ बोल्ने हुन् वा कसलाई चिढ्याउने हुन्  भन्ने आशंका हुन्छ ।’ प्रधानमन्त्रीको त्यही उट्पयाङ शैलीले वैदेशिक सम्बन्ध धरापमा परेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीको शैलीले संघीयतासमेत धरापमा पर्ने जोखिम बढेको छ ।’ मुलुक धराशायी : यादव कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री संसद्को रोष्ट्रममा उठेर बोल्न खोज्दा अब के बोल्ने हुन् भन्ने कुराले मन चिसो हुने गरेको बताए । ‘प्रधानमन्त्री जस्तो व्यक्तिले छिमेकी तथा मित्रराष्ट्रलाई सधैँ चिढ्याउने गरी उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध बिग्रिन थालेको छ,’ यादवले भने, ‘कोरोनाले थला परेको मुलुक सरकारको कारणले थप धाराशायी बन्दै गएको छ ।’ सिरहाको गोलबजार नगरपालिकामा नेकपा, नेपाली काँग्रेस र राप्रपालगायत पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा सैयौँ जनाले प्रवेश गरेका छन् । बिहिबार पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले उनीहरुलाई अबिर माला लगाएर स्वागत गरेका छन् । नवप्रवेशीहरुमा अबीरमान थापा,भरत खड्का, बद्री शाही, श्रीप्रसाद यादव लगायतहरु छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...