सिरहाको बिष्णुपुर गाउँपालिका पनि आज देखि लकडाउन

  • साउन २८, २०७७
  • ३२० पटक पढिएको
  • सतेन्द्र यादव
alt

सतेन्द्र यादव

बिष्णुपुर सिरहा श्रावण २८ । करोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको वेला बिष्णुपुर गाउँपालिका पनि आज देखि लकडाउन गरिएको छ ।

करोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिरहेको कारणले बिष्णुपुर गा.पा.ले संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि साउन २८ गते देखि लागु हुने गरी साउन ३२ राती १२ ः०० बजे सम्म लकडाउन गरिएको सूचना जारी गरिएका छन् ।

लकडाउन अबधिभरमा अती आवश्यक सेवा ऐम्बुलेन्स, औषधी पसल, दुध ढुवानी गाडी, खानेपानी फोहर मैला ब्यवस्थापन जस्ता अती आवश्यक कार्य संचालन वाहेक अन्य सबै सेवा बन्द गरिएका छन् ।

साथै बिष्णुपुर गाउँपालिका अन्तर्गत हाटबजार,सभा समेलन व्यवसाय होटल, रेष्टुरेन्ट,निजि, सरकारी कार्यालय तथा बैंक वितिय संस्था लगायत निजि सवारी साधन समेत बन्द गर्न आग्रह गरिएका छन् ।
लकडाउन अभधिभर भिडभाड नगर्न र नगराउन, स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना तथा सम्बन्धित कार्यालयमा कम आवतजावत गर्नका लागि गा.पा.ले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...