बाल रोग विशेषज्ञ डा डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण

  • साउन ३०, २०७७
  • २८७ पटक पढिएको
  • प्रदेस टाइम्स
alt

प्रदेश टाइम्स  ३० साउन, जनकपुरधाम। संघीय सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् । बाल रोग विशेषज्ञ डा. यादव आफू अहिले स्वस्थ्य रहेको प्रतिक्रिया दिए । अनलाइनखबरसँग कुरा गर्दै सांसद डा. यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको बताए । ‘ती बालकलाई सिरियस अवस्थामा उपचारका लागि ल्याइएको थियो । शुरुमा झाडापखाला लागेका बालकमा पछि निमोनिया पनि पुष्टि भएको थियो’ डा. यादवले भने, ‘पछि कोभिड जाँच गराउन भन्दा पोजेटिभ आयो ।’ उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । ‘शंका लागेर नौ दिनअघिदेखि नै आइसोलेसनमा बसेर स्वाब जाँच गराउन दिएको थिएँ’ उनले भने, ‘शुरुमा एकदमै शरीर दुखेपनि अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’ सभार अनलाइनखबर 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...