सिरहको नरहा गाउँपालिका आज राती १२ बजे देखि निषेधाज्ञा

  • साउन ३०, २०७७
  • ९३५ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt


बिष्णुपुर सिरहा श्रावन ३०।  सिरहाको नरहा गाउँपालिकाले आज राती १२ बजे देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिइरहेका बेला नरहा गाउँपालिकामा जोखिम न्युनिकरण गर्नका लागि  आज राती १२ बजे देखि भदौ ५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लगाउने भएको छ ।

नरहा गाउँपालिका लगायतका छिमेकी गाउँपालिका तथा नगरपालिकाहरुमा समुदाय स्तरमा कोराना भाइरसको संक्रमण बढन थाले पछी रोकथाम तथा नियन्त्रणको लागि यस गाउँपालिका भित्र सार्वजनिक यातायात बन्द गर्ने , बैंक तथा वित्तिय संघ संस्थाहरु समाजिक दुरी कायम गरि संचालन गर्ने निर्णय गरको हो ।

यसका साथै,गाउँपालिकाले हाट बजार, होटल, र अन्य पसल पूर्ण रुपमा बन्द गर्ने, अति आवश्यक सेवा औषधि पसल २४ घण्टा र खाद्यान्न, पानीको गाडी, ग्यास पसल, किराना पसल बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ला राख्ने निर्णय गरेको हो ।
लकडाउन उलंघन गर्नेलाई नियमअनुशार कारवाही गर्ने समेत निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...