रामजानकी कुटि कौवाहाको सामुदायिक भवनमा आदर्श कन्स्ट्रक्सनको ठेकेदारको लापारबाहि ,कमसल काम भएको भन्दै तोडेर बनाउनु पर्ने स्थानीयको अडान

  • साउन ३२, २०७७
  • ४५१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 टाईमस साउन ३१, बिष्णुपुर सिरहा । बिष्णुपुर गाउँपालिका डा न.२ रामजानकी कुटि कौवाहाको सामुदायिक भवनमा आदर्श कन्स्ट्रक्सनले गुणस्तरहिन कमसल काम गरेर लापारबाहि गरेको छ । बिष्णुपुर गाउँपालिका बाट भ्याट बाहेक ३९ लाख ४२ हजार १ सय ४२ रुपैया ७७ पैसाको सामुदायीक भवन बनाउने योजना ठेक्का प्राप्त गरि आदर्श कन्त्रक्सन गोल बजार ४ ले कमसल काम गरि ब्यापक लापारबाहि गरेको स्थानियहरु बताउँछन । Screenshot_20200814-083857_Gallery कोभिड–१९ को संक्रमणको कारण स्थानीय सरकारले जारि गरेको लकडाउन अबधिमा बंगाली कामदारहरु बाट हतार हतारमा काम गराउन लगाई कमसल गुणसतरहिन काम गराएपनि असार मसानत भित्रै सक्नुपर्ने काम साउन मसानतको अन्तिम सम्म नसकेपछि सथानियहरुले उक्त काममा चासो लिएको हो ।उता काम गराउने ठेकेदार स्थानिय गोपाल नरायण श्रेष्ठले काम कमसल गुणस्तरहिन भएको स्विकार गर्दै यसलाई मर्मत सुधार गर्ने र सहयोग स्वरुप कुटिको उतरपटि आवश्यक रहेको कम्पाउण्ड वाल तिन हजार ईटा र सो जोडनलाई लागने सम्पुर्ण सामग्री सहित श्रमिकको ब्यबस्था गर्ने समाजमा मौखिक सहमति गरेको स्थानिय प्रतिनिधिहरु बताउँछन ।निज ठेकेदारले अरुको राजनितिकरन उक्साहटमा परि समाजमा द्धन्द्ध सृजना गरिदै गरेको मात्र नभई त्रुटि सुधार गर्न भनिने स्थानियहरु समेत संग गलत मानसिकता बाट प्रस्तुत हुदै आएको स्थानिय बुद्धिजिबिहरुको आरोप रहेको छ । ठेकेदारले साउन ३१ गते शनिबार राती १० बजे कोरोना कहरको त्रासमय बातावरन रहेको समय समेतलाई पनि मध्यनजर नगरि एउटा जमातले नै होहल्ला गरि शान्ति सुरक्षामा खलल पुगाएको स्थानिय महिलाहरुको गुनासो रहेका छन ।स्थानियहरु भन्छन ठेकेदारको कस्तो चरित्र राति होहल्ला गरेर शान्तिले निदाउन पनि दिएन । पैसा कमाउनु बाहेक अरु केहि जान्दैन । उतर दक्षिण लम्बाइ र पुर्व पश्चिम चौडाइमा बनेको सो मन्दिरको मुख पुर्व रहेको छ। आँशिक भुक्तानी पनि गत असारमा पाइसकेको ठेकेदार ले भबनको पश्चिम दक्षिणमा छत ढलान मुनिको बिम्बमा मसाला नै कमसल गरि ढालेको कारण रड बाहिरै देखिएको छ भने बिम्बमा ठुलो प्लाल देखिएको प्राबिधिक समेतले बताए । 20200814_092725 ढलानको समय मेसिन ले भ्याबरेट नगरेका कारन छतको आंसिक भागमा पानी चुहिएको छ भन्ने छत मुनिको भागमा पनि रड बाहिरै देखिएको छ।भवनको भर्र्याङ् पनि टोडेर बनाउनुको विकल्प नरहदारहदै मर्मत गरिने भनेको छ । यता काम गराउने ठेकेदारले मेरो लापरबाही नरहेको भन्दै यो ढलान गर्ने मिस्त्रीहरुको लापरबाही हो भनेका भने उता एक अर्को ठेकेदार जगदीश गजुरेलले समाजको एक प्रतिनिधि सँगको फोन सम्बादमा त्रुटि सच्याउने र थप कम्पाउन्ड वालको काम गर्ने शर्त गरेको छ। आज आइतबार रामजानकी कुटि मा बसेको समाजहरुको बिच यो कन्स्ट्रक्सन मेरो हो ,कन्स्ट्रक्सनको अनर म हु भन्दै वाडा अध्यक्ष संग त्रुटि सुधार गर्छु गुहार गरेका छन। वाडाका अध्यक्ष राम इश्वर यादवले भोलि देखि काम सुरु गर्नु सगैं कम्पाउण्ड वालको काम पनि शुरु गर्ने सहमति सहितको निष्कर्षमा पुगेको बुझिएको छ। 20200816_104051 ठेक्का आदर्श कन्स्ट्रक्सनको भए ता पनि सुचना पाटिमा ठेकदार गोपाल नारायण श्रेष्ठ को नाम उल्लेख गरेको मात्र होइन त्रुटि सच्याउन शर्त जगदीश गजुरेलले फोन सम्बाद बाट गरिदै आएको देखिन्छ।त्यति मात्र होइन आज आइतबार मात्र आदर्श कन्स्ट्रक्सनको अनरले अब देखि यो बाँकी काम आफै गराउछु समाजिक बैठकमा भनेका छन।काम बापतको पैसा कसले के बापत पाउने हो प्रष्ट देखिएको छैन।काम एक ठेकेदार तीन भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...