उपभोक्ता समितिमार्फत व्यापक भ्रष्टाचारी, प्रदेशको आयोजना अलपत्र

  • वैशाख १६, २०७६
  • १३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान ,१६ बैशाख । उपभोक्ता समितिलाई काम दिएर सरकारले व्यापक भ्रष्टाचारी गरिरहेको निर्माण व्यवसायी महासँघका केन्द्रीय अध्यक्ष रवि सिँह बताउँनुभयो ।
नेपाल निर्माण व्यवसायी सँघ लहान सिरहाको पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा आज अध्यक्ष सिँहले तीनै तहका सरकारले आफ्ना नजिकका मान्छेलाई उपभोक्ता समितिमार्फत निर्माणको काम दिएर विकासलाई अलपत्र पार्दै भ्रष्टाचारी गरिरहेको आरोप लगाउँनुभयो ।
निर्माण व्यवसायीले ढिलो भएपनि विकासको काम सन्तुष्टिजनक दिने गरेकोले खरिद नियमावलीलाई पनि कन्ट्रोल गर्नुपर्छ अध्यक्ष सिँहले बताउँनुभयो ।
राजनीतिक विकास मात्रै भइरहेको भन्दै सिँहले प्रदेशको आयोजना कहाँ छ ? के छ ? निर्माण व्यवसायीलाई जानकारी छैन । प्रदेशको आयोजना अधिकाँश अलपत्र अवस्थामा रहेको उहाँले बताउँनुभयो ।
हातखुट्टा बाँधेर पोखरीमा हालिदियो भने मान्छे पौडि खेल्न सक्दैन डुब्छ भन्दै अध्यक्ष सिँहले सरकारको संयन्त्रले निर्माण व्यवसायीलाई समयमा सुरक्षा र आर्थिक मामलालाई व्यवस्थापन गर्नुपर्ने बताउँनुभयो ।
मुलुकलाई समृद्ध बनाउँने । नेपालीलाई सुखी बनाउँने जस्ता नारामा मात्र सिमित रहेको भन्दै अध्यक्ष सिँहले कार्यकर्ता पाल्नु भन्दा ठोस निर्माण विकासको कामतर्फ सरकार विमुख रहेको बताउँनुभयो । कार्यक्रम निर्माण व्यवसायी सँघका अध्यक्ष रासलाल रायका सभाध्यक्षता भएको छ । कार्यक्रममा धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी, उद्योग वाणिज्य सँघ लहानका अध्यक्ष अशोकलाल अमात्य, शिक्षाकर्मी पाण्डव हमाललगायत सयौ निर्माण व्यवसायीको उपस्थिति थियो । नव निर्वाचित अध्यक्ष रासलाल राय ,उपाध्यक्ष गोपाल राय ,महासचिव नन्दकिशोर साह , महासचिव मनटुन साह, कोषाध्यक्ष श्यामकुमार महतो र दिपेन यादव ,सचिवमा विमल अधिकारी , दिपेन कुमार यादव सहित ४ जना सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...