लहान बजार दुर्गन्धित ,नेता चौधरीले उठाए ब्यबस्थापनकोअबिभारा

  • भदौ ५, २०७७
  • २५८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

महेश सिंह लहान ५ भदौ - सिरहाको लहान नगर पालिकामा बिगत केहि बर्ष देखि फोहरको विषय लाई लिएर बिवाद मिडियामा निकै आलोचित देखिएको थियो। लहान नगर पालिका भित्र ठाँउ ठाँउमा थन्किएको फोहरले लहान बजार दुर्गन्धित बन्दै गएका छन्। लहानको पुर्व पश्चिम राजमार्ग अन्तरगत थुपारीएको फोहरको दुर्गन्धले लहानमा कोरोना भाईरस माहामारीमा थप उर्जा थपिएको स्थानीयको गुनासो रहेको छ। ग्रामीण भेगका मानिसहरुले बजारमा किन मेल गर्न आउँदा नाक छोपेर बजार हिननु परेको एक सर्बसाधारणले बताएका छन्। नगर पालिकाले फोहोर उठाउन छाडे पछि दुर्गन्ध सहनै नसकि काङ्ग्रेस नेता चौधरीका एक समुहले बुधबार देखि फोहर उठाउन थालेका छन् । राहत अभियानमा लागेका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कार्माचार्यकी जोडीले बिगत केहि महिना अगाडि देखि लहान नगर पालिका भित्र रहेका प्रत्येक वडाका अतिबिपन्न परिवारलाई निरन्तर ४ महिना देखि अनदान गरेको हो। समाज सेबि चौधरी र कार्माचार्यको जोडीले भने स्थानीय सरकारलाई भ्रष्टाचार गर्नै बाट फुर्सद न भएको आरोप लगाएका छन्। अर्का काङ्ग्रेस नेता तथा नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य तथा जिल्ला उधोग बाणिज्य संघको महासचिव अब्दुल करिमले पटक- पटक नगर पालिकालाई फोहरको ब्यबस्थापन मिलाउन भनिरहदा वास्ता नगरेको उनलेे बताए । फोहरको विषयलाई लिएर बिगत केहिना अगाडि बिवाद उग्ररूप लिए पछी झडप भएको थियो। झडपमा लहान ४ का केहि महिला र पुरुष घाइते समेत भएका थिए । लहान नगर पालिका वडा नम्बर ४ का अध्यक्ष रामनाथ पंडितको नेतृत्वमा हाजारौको संख्यामा लहान बजारमा मेयर विरुद्ध नराजुलुस र लहान नगरपालिकाका मेयर मुनि साह सुडि को पुतला समेत जलाएका थिए । मेयर साहले भने केहि अर्जकता ब्यक्तीहरुले लहानको फोहोर उठाउन दिईरहेको छैन, नगरपालिकाले फोहर उठाउन तयार रहेको मेयर साहले पत्रकार महेश सिंह संग फोनमा कुरा गरेका थिए । लहानको फोहर नउठाउनु बाध्यता हो र लहानको फोहर हामीसबैको लागी घातक हो उनलेे बताए । लहान बजारमा थुपरिएको फोहर केहि संघ संस्था र केहि राहजनिति दलहरुले फोहर उठाउने काम गर्ने गर्ने गरेको छ । वहाँहरु सराहनीय काम गरिरहेको धन्यवादको पात्रहो मेयर साहले बताउनु भयो । उक्त फोहर मकारी युवा तथा समाज सेबि राम नारायण रामु चौधरीले निजि जग्गामा फोहर राखन दिएको ब्ताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...