सिरहामा २२ बर्षिय कोरोना संक्रमित एक युवकको मृत्यु

  • भदौ ८, २०७७
  • ४१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 भदौ ८, प्रदेश टाइम्स सिरहा ।सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । स्वाब परीक्षणका क्रममा आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृतक युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । उनमा मुटुसम्बन्धी समस्या पनि थियो । धरानमा शनिबारयता लगातार तीन दिन तीनजनाको मृत्यु भएको छ । शनिबार र आइतबार धरानकै पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...