कुलमानलाई पुनः नियुक्तिको निर्णयले मात्र सरकारको उद्धेश्यको औचित्यता सिद्ध गर्छः वरिष्ठ पत्रकार चौलागाई

  • भदौ ९, २०७७
  • २४५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स भदौ ९ ,बिष्णुपुर सिरहा  ।वरिष्ठ पत्रकार गोविन्द प्रसाद चौलागाईले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको निर्णयले मात्र सरकारको उद्धेश्यको औचित्यता सिद्ध गर्ने बताएका छन् । वरिष्ठ पत्रकार चौलागाईले सामाजिक सञ्जाल फेसबुकमार्फत कुलमानलाई पुनः नियुक्ती गरिए सरकारको उद्धेश्य र कार्यशैली माथि संका गर्नेलाई उचित उदाहरण हुने बताएका हुन् । 

"भष्टाचारको दलदलमा फसेको हाम्रो समाजमा जनताको नजरमा एउटा सतपात्र प्राप्त भएको छ। सरकारले साच्चै देश बनाउन चाहेको हो भने कुलमान घिसिङको पुन नियुक्तिको निर्णयले मात्र सरकारको उद्धेश्यको औचित्यता सिद्ध गर्दछ ।, उनले फेसबुक स्टाटसमा उल्लेख गरेका छन, सरकार को उद्धेश्य र कार्यशैली माथि संका गर्ने लाई उचित उदाहरण हुनेछ ।"

जनता अब सचेत भईसकेकाले बेतुकका बहानाबाजीलाई सहजै विश्वास नगर्ने वरिष्ठ पत्रकार चौलागाईको भनाई छ ।  जनभावनालाई सरकार र संवद्ध निकायले कदर गर्न सक्नुपर्ने उनले बताए । 

"सचेत जनता बेतुकका बहानाबाजी लाई त्यति सहजै विश्वास गर्दैनन्। जनताको सरकार हो भने जनता पुन  कुलमानले विद्युत प्राधिकरण लाई अझ सुदृढ र व्यवस्थित संस्था वनाएको देख्न चाहन्छन ।,उनले अगाडी लेखेका छन्, जनभावना लाई सरकार र संवद्ध निकायले कदर गर्न सकोस । नेपाल सरकारले एक असल राष्ट्र सेवक लाई प्रोत्साहित र पुरस्कृत गर्न सकोस् ।"

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...