सिरहाको कल्याणपुर नगरपालिकाको उप प्रमुख र प्रशासकीय अधिकृत कोरोना संक्रमित

  • भदौ ९, २०७७
  • ५२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स भदौ ९ बिष्णुपुर, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत कोरोना संक्रमित भएका छन् । प्रमुख (मेयर) अख्तियारको निलम्बनमा परेपछि कार्यवाहक प्रमुखको रुपमा काम गर्दै आएकी कल्याणपुर नगरपालिकाकी उपप्रमुख(उपमेयर) रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण भएको हो ।   कोरोना संक्रमित उपप्रमुख यादव अहिले होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत दासलाई चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने तयारी भएको उनले बताए ।  यस्तै सिरहा नगरपालिकाका एक, लहान नगरपालिका दुई, बरियारपट्टी गाउँपालिकाका एक, मिर्चैया नगरपालिकाका एक र सुखिपुर नगरपालिकाका एकजना गरी ८ जना कोरोना संक्रमित भएको प्रमुख यादवले बताए । सिरहामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ ।  इलाका प्रहरी कार्यालय मिर्चैया, गोलबजार र लहानका प्रहरी अधिकृतहरु, थुनुवा, जिल्ला प्रशासन कार्यालयका अधिकृत र कर्मचारी, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु कोरोना संक्रमित भएर उपचाररत छन्

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...