जालझेल अभियोगहरु लगाएर मलाई फसाउने राजनीति षड्यन्त्र भएको हो मेयर प्रत्यासि शिवजी यादव

  • भदौ १०, २०७७
  • ७९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स १० भदौ बिष्णुपुर सिरहा । जालझेल अभियोग हरु लगाएर मलाई फसाउने राजनीतिक षड्यन्त्र भएको औरही गाउँपालिकाको मेयर प्रत्यासी शिबजी यादवले बताएको छ।आफुहरुमाथि लगाईएको आरोप पुर्ण रुपमा झुठो रहेको औरही गाउँपालिका वडा नम्बर ( ५ निवासी शिवजी यादवले बताएका छन् । मंगलवार अफनै निवासमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।
हामी आज देखि हैन करिब २० बर्ष देखि मजदुरहरुलाई रोजगार दिने गरेको छु,ु रोजगारको लागि भारतको हरियाणा देखि पन्जाब पठाउने गरेको भन्दै उनले भने (
भारतमा महिनौँ काम गरेका मुसहर युवाहरु माथि आर्थिक शोषणको साथै कुटपिट र बेपत्ताको उजुरी म माथी परेकोले आफुलाई बदनाम गर्ने षड्यन्त्र भएको उनले बताए ।
यादब विरुद्ध औरही गाउँपालिका– ४ का फुलोदेवी सदा र रामचन्द्र सदा र महेश सदाले जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी दर्ता गराएका छन् ।
उजुरीमा औरही– ५ का ४५ वर्षीय शिवजी यादब , ४० वर्षीय रामबाबु यादव र ३५ वर्षीय भागवत यादवको विषयमा छानबिन तथा कारबाहीको माग छ । उजुरीमा यादव माथि दलित समुदायप्रति योजनाबद्ध रूपले श्रम शोषण गरेको साथै ठगी सहित औरही गाउँपालिका वडा नम्बर ( ४ ईटाटारका रामभजन सदा लाई बेपत्ता पारिएको आरोप पनि लगाईएको छ ।
दलितका नेता स्थानिय कबुली पासमान , मनोज कुमार पासवान र भोला प्रसाद यादवले मुसहर समुदायलाई उक्साई मेरो चरीत्र हत्या गर्ने प्रयास गरेको यादबले पत्रकार सम्मेलनमा बताएका छन । मेरो अर्थतन्त्र र राजनीतिक छवि समाप्त गर्न ठूलो चलखेल भएको उनले दाबी गरे । स्थानीय तहको चुनाबमा म तत्कालीन संघिय सामाजबादी पार्टीबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए ६ मतले मात्र पराजित भए गाउँपालिकामा मेरो राजनीतिक छवि समाप्त गर्न म माथी ठुलो राजनीतिक षड्यन्त्र भएको उनले दोह्राए ।,
अहिले पनि मैले बर्सेनि २ सय देखि अढाई सय मजदुरहरुलाई रोजगारीका लागि भारत पठाउने गरेको छु करिब दुई दशक भयो ठेकेदारी गरेको यतिका बर्षमा यस्तो आरोप मलाई कहिले लागेको थिएन म माथि पुरै षड्यन्त्र भएको हो,उनले भने ( मेरो पेशा ठेकेदारी हो म काम गर्ने मान्छे हो म कसैलाई ठगेको छैन । बेपत्ता गराईएको भनिएका रामभजन सदा कि आमा फुलो देबि सदाले कान्छो छोरा र ज्वाईंलाई बिदेश पठाउन म संग २०७४ साल कार्तिक ३० गते ३ लाख ४५ हजार कर्जा लिएको थियो ।
पैसा तिर्न नसकि जफद गर्न बैईमानी गर्ने नियतिले यो नाटक गरिएको यादवको भनाई छ । रामभजनले सिरहाको दिलिप सदाको मोबाइल चोरी गरी भागेको सुनाउदै रामभजन अर्कै ठेकेदर जिबछ यादब मार्फत भारत काम गर्न गएको थियो मैले उनलाई नपठएको सुनाए ।
वडा नम्बर ४ निवासि महेश सदालाई काम बापत एड्भान्स स्वरुप ३४ हजार दिई काम गर्न भारत पठाए ४, ५ दिन मात्र काम गरेर भाग्यो पैसा माग्न जादा नदिएकोले उनी संग पैसा असुल गर्न औरही थानामा निवेदन दिएका थिए महेश सदाको दाजुले पैसा दिने कबुल गरेपछी जमानतमा उनलाई प्रहरीले छोडेको हो ।
बिना धितो गरिबहरुलाई समस्या परेको बेला बिदेश पठाउन , घर बनाउन , बिबाह , भोज भतेर , उपचार लगायत अन्य समस्या परेको बेला म सहयोग गर्ने गरेको छु आज सम्म म कसैलाई ठगी नगरेको यादवले बताए । जालझेल अभियोगहरु लगाएर मलाई फसाउने राजनीति चरीत्र हत्या गर्ने पुर्ण रुपमा षड्यन्त्र गरिएको यादवको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...