पत्रकार यादव अब न्याय पाउने बाटोमा ,महासंघ सिरहाले गरे छानवीन समिति गठन

  • भदौ १०, २०७७
  • ४३९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश  टाइम्स १० भदौ , बिष्णुपुर सिरहा । न्यूज ब्यूरोका पत्रकार बिनय यादव उपर भएको दुरव्यहारको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।पत्रकार यादव अब न्याय पाउने बाटोमा रहेको छ। नेपाल पत्रकार महासंघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव उपर भएको दुरव्यवहारको सन्दर्भमा छानबिनको लागि ५ सदस्यीय प्रतिवेदन समिति गठन गरेको जनाएको हो । गत शनिबार बेलुकी करिब ७ः३० बजेको समयमा पत्रकार यादवलाई पुरानो समाचारलाई लिएर सिरहको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित रहेको आरके मेडीसिटी हस्पिटलका कर्मचारीहरुले दुरव्यवहार गरेको भन्दै छानबिनको लागि समिति गठन गरिएको जनाएको छ । महासंघ सिरहाका उपाध्यक्ष रामबाबु यादवको सँयोजकत्वमा गठन गरिएको ५ सदस्यीय समितिमा मनोज बनैता, शिव दयाल यादव, दुर्गा परियार, गणेश साह सदस्य छन् । नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार यादव उपर पुरानो रिसबीले भएको दुरव्यहारको छानबिन गरी दोषी उपर कारवाही गर्न पहल गरिने जनाइएको छ । सर्वसाधारण जनताको स्वस्थ्य जस्तो संवेदनशील विषयमाथि चरम लापरबाही गर्दै काण्डै काण्ड गर्दै आएको आरके मेडिसिटी हस्पिटबारे यसअघि पत्रकार यादवले समाचार लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...