बिरेन्द्र प्रसाद नेपाल ११ भदौ लहान । रा.उ.स्मारक अस्पतालको हाता भित्र रहेको रेडक्रससोसाईटीमा रगतको अभाव भएकोले बिरामीहरु रगत पाउँन नसकेर समस्या खेप्न बाध्य भएको छ । यो अस्पतालमा प्रसूति महिलाहरु, रक्तश्राव भएका, दुर्घटनामा पर्ने, मुटु, क्यान्सर, मिर्गौला बिरामी, हेमोफिलिया लगायत आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरु आउने गर्छ । यी बिरामीहरुलाई रगतको अति आबश्यकता भएको बेलामा बिरामीका अभिभावकहरु रेडक्रससोसाईटी लहान केन्द्रमा रगतको लागि आउने गरेको छ तर अत्यन्तै न्यून संख्यामा रगत मौज्दात रहेकोले निषेधाज्ञाको अवस्थामा पनि रगत डोनेसन कार्यक्रम गर्नुपर्ने अति जरुरी देखिएको कुरा रक्त संचार शाखा लहान केन्द्रका प्रमुख प्रदिप यादवले बताएको छ । रगत नभई नहुने अवस्थामा चिकित्सकको रिर्पोट अनुसार रगत चढाउनैपर्ने अवस्थामा रगतको लागि जुनसुकै केन्द्रमा जाँदा रगत पाउँन कठिनाई भएकोले बिरामीहरु लाई केन्द्रकै रेकर्डा अनुसार स्वम सेवी रक्तदाताहरुलाई बोलाई समाजिक दुरी कायम गरी रक्तदान गरी बिरामीहरुलाई रगत आपूर्ति गरि बिरामीहरुलाई सहज बनाएको प्रमुख यादवले बताउनु भएको छ । उहाँले कुराकानीको सिलसिलामा थप्दै भने समाजिक दुरी कायम गरी कम्तिमा महिनामा चार पटक सम्म रक्तदान कार्यक्रम गरेमा मात्र रक्तअल्पताका बिरामीहरुलाई केही सहज हुनेछ । बिरामीहरुलाई रगत चाहियो भने कोरोना भाईरसको डरले कसैले रगत दान गर्न चाहिरहेको छैन । बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन युवाहरुलाई यादवले आग्रह गरेको छ । केही दिन देखि कोरोना महामारीकै कारण ज्यान गुमाउनेको सख्या बढन थालेपछि सवैले लकडाउनको पालना गरी कार्यालय र भिडभाड हुने ठाउँमा जान चाहेको छैन जसको कारण रगत डोनेसन कार्यक्रम नहुँदा बिरामीहरुलाई समस्या देखिएको एक स्थानिया शोभा कुमारी गुप्ताले हर्षित नेपाल सम्वाददातालाई सुनाए । रगतको माग भइरहेकाले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायले सिरहा जिल्लका पालिकाहरुमा समाजिक दुरी कायम गरी सानो–सानो समूह र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन सकेको भए अवश्य रगत आपूर्ति हुने कुरा गुप्ताले बताईन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved