बिकी गुप्ता :सिरहा सुखिपुर भदौ १३ शनिबार श्री रामजानकी टोल सुधार समितिले आयोजना गरेको सरसफाइमा कार्यक्रममा सुखिपुर उधोग व्यापार समितिका संस्थापक अध्यक्ष श्री अशोक प्रशाद गुप्ता ज्युको अध्यक्षतामा भएको थिए । एक दिन सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन् भएको छ। उक्त कार्यक्रममा सहभागितामा नगर सुधार समितिका अध्यक्ष बि पी भुवन यादव , सुखिपुर नगर युवा संजालका उपाध्यक्ष ओम प्रकाश मण्डल , श्री रामजानकी टोल सुधार समितिका अध्यक्ष राम पुकार साह सम्पुर्ण पदअधिकारीहरु ,अथानिय टोलवासीहरू , युवावर्ग , महिलाहरू , ईलाका नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानहरु , ट्राफिक प्रहरी सुखिपुर, समाजसेवी , विभिन्न अर्धसहकारी संस्थाका कर्मचारीहरु, सवास्थ्कर्मी , पत्रकार , शिक्षक, स्थानीयवासि करिब ५० जनाको सहभागिता थियोे । सुखिपुर नगरपालिकामा विभिन्न किसिमको सरसफाइ कार्यक्रम चले तापनि फोहोरमैला व्यवस्थापन हुन सकिरहेको छैन । यो एउटा ठूलो समस्या छ। सुखिपुर नगरपालिकाका बाटोहरुमा दिन प्रति दिन लाम्खुट्टे , धुलो , हिलो , फोहोरमैला बढदै छ। यसले गर्दा स्थानीय वासिन्दा को स्वास्थ र वातावरण नकारात्मक असर समेत गरेको छन् । यस् समस्यालाई कम गर्नका उदेश्यले लागी एक दिने सरसफाइमा कार्यक्रम गरेको थियो। एकदिन सरसफाइ कार्यक्रम गरेर फोहोरमैला व्यवस्थापन हुन सकिदैन । यसको लागि ठोस कदम उचाल्नु पर्छ । नगरपालिका सफा राख्नका लागि त दीर्घकालीन समाधानका उपाई अबलंबन गर्नु पर्न हुन्छ । त्यस्का लागि जिम्मेवार निकाएलाइ सक्षम र अझ जिम्मेवार बनाउनु पर्छ । जन शक्ति नपुगे थपनु पर्छ , साधन उपलब्ध गराउनु पर्छ , फोहोर फाल्ने कंटेनर र डसपिंग बाटो साईडमा ब्यावस्था गर्नु पर्न हुन्छ, आकर्षक तलब , भत्ता , मेडिकल र बिमाको ब्यावस्था गर्नु पर्न हुन्छ, त्यति गर्दा पनि कर्मचारी नटेरेनन भने कारबाही ब्यावस्था गर्नु पर्न हुन्छ, जथाभावी फोहोर फाल्ने लाई दण्ड जरिवाना ब्यावस्था गर्नु पर्न हुन्छ,अनि मात्र सुखिपुर नगरपालिकामा फोहोरमैला व्यवस्थापन हुन्छ । सुखिपुर नगरपालिकामा फोहोरमैला बढनुमा स्थानीय सरकार मात्रै नभएर स्थानीय नागरिक उतिकै दोषी रहेको सुखिपुर नगर युवा संजालका महासचिव बिक्की गुप्ताले बताए । गुप्ताले भने, खैनी , चुरोट , पेय पदार्थ खाएर तयसका बटा बाटोमा फालिको पाईयो । जथाभावी थुकेको छ, खकार छ, सभ्य समाज दुनियाँमा कहीँ जस्तो गरिदैन , नागरिक जागरूक हुनुपर्छ , कुहिने र नकुहिने फोहोर छुटयाएर व्यवस्थापन गर्नुपर्ने छ। हामी फोहोरी हुने भनेको असभ्य हुनु हो उनले भने । यति हुदाहुदै सामाजिक संजाल मार्फत यस्तो सकारात्मक काम हुनुलाई सबैले सराहना गरेको छ्न। सामाजिक सन्देश फिँजाउने पोस्ट गर्नुको साटो यस्तो सामाजिक अभियानलाई बढावा दिने हो भने थोरै पनि राम्रो परिवर्तन हुन सकिन्छ । तपाईं पनि सामाजिक संजाल सदुपयोग गर्न चाहनुहुन्छ भने आफ्नो वरिपरि ठाउँमा सफा गर्नुहोस् । सरसफाइ कार्यक्रम सुखिपुर सुभकामना चैक देखि सुरू हुँदै सुखिपुर ईलाका प्रहरी कार्यलय ठाउँमा सम्म बाटोमा सफा गरेर सरसफाइ कार्यक्रम समापन गरेको थियोे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved