नरहामा झुन्डिएर एक महिलाले गरिन आत्म हत्या

  • भदौ १३, २०७७
  • ४३०० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स  सिरहा ।,१३भाद्र । सिरहाको नरहा गाउँपालिका–४ ललभितियास्थित एक महिला आफ्नै घरमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् । नरहा गाउँपालिका–४ ललभितियाका रामभरोस यादवको अन्दाजी २५ बर्षिया बुहारी रेखा कुमारी यादवले झुण्डिएर आत्महत्या गरेकी हुन् । मृतक रेखाको शव पोष्टमाडम पछि दाहसंस्कारको लागि ललभितिया लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सासु, ससुरा र देवरसँग अलग भई रेखा एकलो बस्दै आएकी थिइन् उनको पति बैदेशिक रोजगारीमा खाडी मुलुक गएको हो । पति बैदेशिक रोजगार गएको र घरमा एकलो बस्न थालेकी रेखाले सामाजिक व्यवहारलाई बेवास्ता गर्दै आफ्नै तवरले मनोपोली गरेको आरोपमा विभिन्न समयमा पटक पटक सामाजिक रुपमा छलफल गरिएको गाउँलेहरुले बताएका छन् । पछिल्लो पल्ट गाउँका अरुलाई लगाएर रेखाले आफ्नो खेतको घाँस कटाए । आफ्नै घरमा घाँसको आवश्यकता हुँदा हुँदै अरुलाई लगाएर घाँस नकटाउन ससुराले रेखालाई सम्झाई बुझाई गर्न प्रयास गर्दा समान्य भनाभन भएको श्रोतको भनाई छ । घाँस कटाएको विषयलाई लिएर भएको समान्य भनाभनलाई साम्य पार्न गाउँका केही व्यक्तिहरुको रोहवरमा छलफल गर्न बैसार भएको थियो । छलफल गर्न बैसारमा बसेकाहरुलाई इंकित गर्दै रेखाले आफु मरेर भएपनि गाउँका केही व्यक्तिलाई भसाई छाड्ने चुनौती दिएर बैसार स्थलबाट निस्केको प्रत्यक्षदर्शीहरुको दाबी छ । बैसार सकिएको केही घण्टा नबित्दै रेखाले घरभित्र बसेर चुकुल लगाएको हल्ला चलेपछि प्रहरीलाई खबर गरिएको स्थानीयहरुले बताएका हुन् । रेखालाई ललभितियाका केही व्यक्तिले हत्या गरेको भनी माइती पक्षले किटानी जाहेरी दिँदै ललभितियाको घर पुगेर हुलहुज्जत गर्न प्रयास गरेपछि होहल्ला गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । माइती पक्षको हुलहुज्जत तथा आक्रमक शैलीलाई प्रहरीले नियन्त्रणमा लिएर ठुलो दुर्घटनाबाट जोगाएको गाउँलेहरुले बताएका छन् । झुण्डिएर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताए । उनका अनुसार कानूनी प्रक्रिया पु¥याएर दाहसंस्कारका लागि शव परिवारजनलाई जिम्मा दिइएको छ पोष्टमाडमको विषेश रिर्पोट नआएसम्म घटनाबारे विस्तृत कुरा बताउन सकिदैन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...