मारुति सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध संघर्ष समिति गठन

  • भदौ २१, २०७७
  • ३३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा  मारुति सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध संघर्ष समिति गठन भएको छ । मारुति सिमेन्ट उद्योगले हड्पेको सार्वजनिक जग्गा जोगाउन तथा त्यस क्षेत्रमा पर्यावरणमा पुर्याइरहेको गम्भीर क्षति रोक्न संघर्ष समिति गठन भएको हो । तत्कालिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष चिरञ्जीवी यादवको संयोजकत्वमा गठित संघर्ष समितिमा २० जना सदस्य तथा १० जना सल्लाहकार गरी ३१ जना रहेका छन् । संघर्ष समितिले मारुति सिमेन्टले गरिरहेकोे मनोमानी र गोरखधन्दाविरुद्ध भोलि (सोमबार) देखि नै आन्दोलनको सुरुवात गर्ने भएको छ । समितिको आज बसेको बैठकले यसअघि फिर्ता गराएको पूर्वपश्चिम राजमार्गमा रहेको मारुति सिमेन्ट उद्योग छेउको जग्गामा भोलि विहान ९ बजे भेला हुने र त्यसपछि मारुति सिमेन्टको गेटमा गएर प्लेकार्डसहित प्रदर्शन गर्ने निर्णय गरेको छ । यो आन्दोलन सबैका लागि भएकाले स्थानीयहरुलाई सहभागी भएर आन्दोलनमा एक्यवद्धता जनाइदिन संघर्ष समितिले आग्रह पनि गरेको छ । मारुति सिमेन्ट उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे तीन–चार बिघा वनको सार्वजनिक जग्गा आफूखुसी मनोमानी ढंगले अतिक्रमण गरेको छ । जग्गा अतिक्रमण मात्रै होइन, सिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन् । मारुति सिमेन्ट उद्योग परिसरमै रहेको शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादियुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको छ । मारुति सिमेन्ट र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौं गाउँका लाखौं जनता प्रत्यक्ष रुपमा प्रभावित छन् । यहाँका स्थानीयहरुले जग्गा अतिक्रमण तथा प्रदुषण रोक्न निरन्तर रुपमा आवाज उठाउँदै आएका छन् । तर, यी कारखानाले भने केहि नेता तथा यहाँका जनप्रतिनिधिकै मिलेमतोमा अर्थात् शक्तिको आडमा मनमौजी गर्दै आएका छन् । समितिका संयोजक यादवले गैरकानूनी काम गर्नेहरुलाई सुध्रिन चेतावनी दिएका छन् । अब उही समय नरहेको भन्दै गैरकानूनी काम गर्नेहरु नसुध्रे त्यसको परिणाम भोग्नुपर्ने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...