सिरहामा मारुती सिमेन्ट उद्योग अगाडि प्रदर्शन,

  • भदौ २२, २०७७
  • ७७८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स सिरहा ।मारुती सिमेन्ट उद्योगको गेट अगाडी प्रदर्शन भएको छ । सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले सोमबार विहान प्रदर्सन गरेको हो । सयौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेको छन् । उनीहरूले 'सार्वजनिक जग्गा फिर्ता गर, धुवाँ धुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे' लगायतका नारासहित प्रदर्शन गरे । मारुती सिमेन्ट उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे तीन–चार बिघा वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको छ । जग्गा अतिक्रमण मात्रै होइन, सिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन् । मारुति सिमेन्ट उद्योग परिसरमै रहेको शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादियुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको छ । मारुति सिमेन्ट र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौं गाउँका लाखौं जनता प्रत्यक्ष रुपमा प्रभावित छन् । यहाँका स्थानीयहरुले जग्गा अतिक्रमण तथा प्रदुषण रोक्न निरन्तर रुपमा आवाज उठाउँदै आएका छन् । तर, यी कारखानाले भने केहि नेता तथा यहाँका जनप्रतिनिधिकै मिलेमतोमा अर्थात् शक्तिको आडमा मनमौजी गर्दै आएका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत भोलि मंगलबार हड्पिएको सार्वजनिक जग्गामा प्रदर्शन गर्ने कार्यक्रम रहेको समितिका संयोजक तथा तत्कालीन राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका चिरञ्जीवी यादवले जानकारी दिए । सिमेन्ट उद्योग नसच्चिएसम्म आन्दोलन जारी रहने उनले बताए । यो आन्दोलन सबैको भएकाले सबैलाई सहभागी भइदिन उनले आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...