२३ बैशाख,बिष्णुपुर । गाउँपालिकाको बार्षिक आम्दानिमा बृद्धि गर्न सिरहाको बिष्णुपुर गाउँपालिकामा साढे तेह्र बिगहा एलानी जग्गामा पोखरी खन्ने काम शुरु गरेको छ ।गाउँपालिकाको अधिकार क्षेत्र अन्तरगत रहेको सम्पुर्ण स्रोत साधनहरुलाई उपयोग गरि गाउँपालिकाको बार्षिक आय बृद्धि गर्न बाँझो रुपमा रहेको एलानी जग्गामा पोखरी खन्ने काम शुरु गरेको गाउँपालिका अध्यक्ष जागेश्वर यादवले बताए ।बाँझो रुपमा रहेको जग्गा उपयोगमा आइसकेपछि यस बाट बार्षिक साठि लाख सम्म आय हुन सक्ने गाउँपालिका अध्यक्ष यादवको अनुमान रहेको छ ।यसलाई आयको स्रोत तथा आकर्षनको क्षेत्रको रुपमा निर्माण गरि यसबाट हुने आम्दानिले गाउँपालिका अन्तरगत रहेको अन्य ठोस योजनाका कामहरुमा लगाउने उनको भनाइ रहेको छ ।बिष्णुपुर गाउँपालिका भित्र करिब दर्जनौ पोखरिहरु रहेका छन् अध्यक्ष यादवले भने ,यो बर्ष बिष्णुपुर गाउँपालिकाको नियमित कार्यक्रम अन्तरगत साढे तेह्र बिगहामा थप पोखरीहरु निर्माण गर्न ठेक्का लगाइकेका थियौं,त्यो काम शुरु भइ सम्पन्न हुने अबस्थामा पुगिसकेको छ ।पछिल्ला समयमा खनिएका पोखरी त धैरै छन तर यो जतिको ठुलो अरुकुनै नरहेको छ ।बिषुपुर गाउँपालिकाको लागि एतिहसिक पोखरीको रुपमा नै निर्माण गरेकोले स्थानियहरुमा हर्ष छाएका छन । यस किसिमका पोखरीहरु बाट कृषि आम्दानी र स्थानिय पर्यटकिय आम्दानीको प्रबल सम्भाबना रहेकोले यसको उपयोग,पर्वधन र बिकास गहन बिषय हो । अगामि योजनाहरुमा बिशेष बिचार गर्ने धारना समेत उनले व्यक्त गरे । खनिएको पोखरीको माटोले बिष्णुपुर गाउँपालिको मुख्य सडक खन्डको पुर्व र पश्चिम रहेको अधा दर्जन भन्दा बढि शाखा बाटोहरु पनि निर्माण भएको छ ।बिष्णुपुर गाउँपालिका वडा ३ बडकी पोखरीको डिलमा अस्पतालको शिल्यानाश भएको छ भने वडा १ खोरिया लक्ष्मिनिया दहमा बिष्णु सेबा सदनको शिलान्यास भएको छ ।उता बिष्णुपुर गाउँपालिकामै वडा ४ थलहा कटहा मा व्यबस्थित अस्पतालको उदघाटन भएको छ । जनताले मत दिएको छ ।जनताको इच्छा आकंक्षा अनुरुप बिकास निर्माणका कार्यहरु गर्न तत्पर छु ।जनताको फाइदाकै निम्ति आफु स्वंम बसि बिकास निर्मण गराइ राखेको जनप्रिय बिचार राख्दै बिष्णुपुर गाउँपालिकामा बिकासको लहर नै छाएको छ । अध्यक्ष यादवको भनाई रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved