मारुतीको गेट अगाडि धर्नासहित प्रदर्शन, आन्दोलनको थप कार्यक्रम सार्वजनिक गरिँदै

  • भदौ २४, २०७७
  • ३३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स ,सिरहा । मारुती सिमेन्ट उद्योगको गेट अगाडी धर्नासहित प्रदर्शन भएको छ । सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना बसेर प्रदर्शन गरेका हुन् । सयौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् । यसअघि सोमबार उनीहरूले मारुती उद्योगको बाहिर प्रदर्शन गरेका थिए । मारुती सिमेन्ट उद्योगको कब्जामा रहेको साढे तीन बिघा सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने, धुवाँ धुलो नियन्त्रण गरिनुपर्ने तथा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ । समितिको आज बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...