बिष्णुपुर गाउँपालिकाको कौवाहा रामजानकी पर्यटकिय बागमा जनमत पार्टिको बैठक सम्पन्न

  • भदौ २७, २०७७
  • ९७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स २७ भदौ,सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाको वडा न २ कौवाहा रामजानकी कुटि पर्यटकिय बागको सामुदायिक भवनमा जनमत पार्टिको बैठक सम्पन्न भएको छ । जनमत पार्टि बिष्णुपुर गाउँपालिका वडा न २ कौवाहाको आयोजनामा गरिएको सो कार्यक्रममा बिष्णुपुर गाउँपालिकाको बिभिन्न वडास्तरिय जनमत पार्टिका सक्रिय युवाहरुको उपस्थिति रहेको थियो ।जनमत पार्टीको बिचारधरा र घोषणा पत्र बाट प्रभावित भएको युवाहरुले काँग्रेस एमाले माओबादि र राजपा फोरमको अबधारना तथा घोषणा पत्रका साथै ति पार्टिहरुको रबैया मधेश बिरोधि रहेको जनाउँदै आफुहरु यस जनमत पार्टिमा लागेको बताए ।बैठकमा जनमत पार्टी बिष्णुपुर गाउँपालिका १ को वडा समिति प्रमुख असोक कुमार साहले एमाले लगायत हाल रहेको सबै पर्टिहरु काँग्रेस माओबादि शोषक रहेको भन्दै जनमतको बिचारधारा अपनाएको बताए ।त्यसतै बिष्णुपुर गाउँपालिका वडा न.३ राजपुर जनमत पार्टि वडा प्रमुख लालु यादवले बिभिन्न पार्टिहरुलाई आरोप लगाउँदै काँग्रेस पार्टि नदि बेचुवा रहेको भन्दै यस सम्बद्ध नेताहरु पनि नाकारात्मक बिचारधाराको रहेकोले अहिले सम्म आफु कुनै राजनिती दलमा आबद्ध नरहदै जनमत पार्टिमा लागेको बताए ।त्यसतै वडा न. २ बिरताटोल जनमत अध्यक्ष अजित कुमार यादवले बिगतमा राजपा सँग घुम्दै  केहि उपलब्धि नपाए तर डा. सिके राउतको त्याग बलिदान बाट प्रेरित हुदै यस पार्टिमा जुटेको बताए ।कार्यक्रम दलित जनमत वडा २ को प्रमुख सुरेश कुमार रामको अध्यक्षतामा गरिएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...