जनकपुरको मन्दिर ,पोखरीहरुको संरक्षण र पहिचान गर्न सक्यो भने ग्रीन जनकपुरको सपना सकार हुन्छ

  • भदौ २८, २०७७
  • ४८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

इन्द्रकुमार मधेशानन्द २८ भदौ,जनकपुर ।हामी मात्र जनकपुरको मन्दिर र पोखरिहरु को पहिचान र संरक्षण गर्न सक्यौ र सो को ऐतिहासिक महत्व लाई दुनिया समक्ष राख्न सक्यो भने, र पोखरी का डील लाई सौन्द्रियेकारण गर्न सक्यौ भने ग्रीन जनकपुर को सपना साकार गर्न सक्छौ | यसका लागी जनकपुरको युबाहरु एकजुट भई पोखरी को डील मा रहेको अनाधिकृत संरचनाहरु भत्काइनु पर्छ र मन्दिर र पोखरी को जग्गा जसरी भये पनि त्यसमाथि भएको कब्ज़ा बाट मुक्त गराउन सके जनकपुरको अहिलेको ब्यापार लाई दोब्बर गर्न सकिन्छ l received_621145712124061 अरबिंद केजरीबाल को कार्यले दिल्ली अहिले संसारकै 10 सुन्दर र ब्यबस्थित सिटी भित्र पर्न गएको छ भने जनकपुरलाई गर्ने न सकने कुरै होइन ! हाम्रो ईमानदार संकल्प हुनु पर्छ | हामीले कोरोना बाट पनि शिक्षा लिनु पर्छ की हाम्रो न लाइफ को ठेकान छ न रिलेशन को | आफ्नो छोरा छोरी, मात्र हैन पत्नी पनि कोरोना भये पछी नजिक आउदैन, खाना दिन आउदैन, कस्तो छ भनेर कोही जिज्ञासा पनि गर्न आउदैन भने हामी कस्को लागी यति अपराध, भ्रस्टाचार गरी जग्गा, जमीन, धन थुपार्छौ र किन ? के को मरी हत्ते, किन यति माया र के का लागी ? आखिर कोरोना जति हाम्रा लागी घातक भये पनि हाम्रो जीवनको लागी त राम्रै शिक्षा लिएर आएको छ ! एक बर्ष पुर्ब जानकी मन्दिर को परखाल तोड़ी जग्गा मीचेर सडक जनकपुरधाम उपमहानगरपालिका को मेयर कै निर्देशनमा मा बनइयो र ठूलै आर्थिक लेनदेन गरी निजी जग्गाबालाहरुको जग्गा बचाइयो यो आम जनकपुर बासिको गुनासो मात्र हैन आरोप नै हो, सुन्न पाइन्छ | जुन बेला जानकी मन्दिर फुलबारिको जग्गा मीचियो त्यही बेला देखि यसको बिरोध पनि हुदै आएको थियो र अनंततः आज नगरपालिका द्वारा जग्गा मीची बनाइएको पर्खाल फेरी डोजर लगाई भत्काइएको छ र फुलबारिको अतिक्रमित जग्गा फिरता भई साबिक बमोजिम को पुरानै ठाउमा पर्खाल लगाइने भएको बाट आज फेरी सम्पुर्ण जनकपुर बासी खुसी भएको छ | एक बर्ष देखि लामो लड़ाई लड्दै आएका यहका नागरिक समाजका अगुवाहरू, युबाहरु, केही युबा जनप्रतिनिधिहरु, अहिलेको जिल्ला प्रशासन प्रमुखज्यू र पत्रकारहरु निसच्यनै धन्यवाद को पात्रहरू हुन !

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...