लकडाउनमा झुकेन पर्सा प्रहरी एसपी गंगाको नाम सुन्दै झस्किन्छन् दुश्कर्मी, पर्साको परिचय नै बदलिदिइन्

  • भदौ २९, २०७७
  • ६१६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

कृष्णा यादव

वीरगंज , भदौ २९   । प्रहरी उपरीक्षक गंगा पन्त एक निडर र ब्यबसायिक ब्यक्यित्व नेपालको तराई भेगमा अवस्थित र भारतसंग सिमाना जोडीएका जिल्लाहरू मध्ये पर्सा जिल्ला एक महत्त्वपूर्ण चुनौतीको रुपमा देखिन्छ । जिल्ला आर्थिक, सामाजिक र राजनितिक रुपले अत्यन्तै महत्वपुर्ण मानिन्छ।बिभिन्न आयामले देशको २ नम्बर प्रदेशमै महत्व राख्ने भएकोले पर्सा जिल्ला शान्तिसुरक्षाका दृष्टीकोणबाट पनि स्वभाबिक रुपमै अत्यन्तै संबेदनशिल छ।

शान्ति सुरक्षाका दृष्टीले अत्यन्तै चुनौतिपुर्ण जिल्ला भएकोले प्रहरी प्रधान कार्यालयले पर्सा जिल्लामा सुरक्षा चुनौतिलाई सामना गर्न सक्ने काबिल प्रहरी अधिकृत कार्यालय प्रमुखका रुपमा पठाउने गरेको पाईन्छ।यसै सन्दर्भमा आजको सात महीना केही दीन अघि पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएकी प्रहरी उपरीक्षक गंगा पन्तज्युका बारेमा महिला भएकै कारणले नै कमाण्ड समाल्न सक्ने कुरामा बिभिन्न टीका टीप्पणी र आसंका गर्ने मानिसहरुको जमात भएता पनि समाजको बौद्धिक समाज पर्ख र हेरको निति अबलम्बन गरीरहेको थियो। जब जब पर्साका स्थानिय जनता उपरीक्षक पन्तको ब्यबसायिक पाटो संग परीचित हुन थाले, तब तब पर्साबासीले साच्चिकै एक निडर र ब्यवसायीक प्रहरी प्रमुख पाएको महशुस गर्न थालेको छ ।

प्रहरी उपरीक्षक पन्तले कानुन भन्दामाथि कोही पनि छैन र हुन सक्दैन भन्ने तथ्यलाई आफ्नो ब्यबसायिक क्षमता प्रदर्शन गरेर प्रमाणित गरीदिएकी छिन्।कुनैपनि सफेद खोल अोडेर अपराधको दुनियामा रमाउछु भन्ने मनोबिज्ञान भएका बिभिन्न ब्यतिहरुको मुकुण्डो उतारेर उनिहरुको बास्तबिक अनुहार समाजका अगाडी कर्तुत बेनकाब गरीदीएकी छन्। सुरुका दीनहरुमा केही गलत तत्वहरु उपरीक्षक पन्तको बदनाम गराउने दाउमा लागेता पनि सिप नचलेपछी आफ्नो हैशियतमा बस्न बाध्य भएका छन्। केही ब्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्न उपरीक्षक पन्तका बिरुद्ध ब्यक्तिगत र समुहगत रुपमै मोर्चाबन्दी गरेको तथ्य पनि सार्बजनिक रुपमै जगजाहेर छ। यस्का बाबजुत पनि "सत्य डग्दैन झुटो टीक्दैन" भन्ने नेपाली उखान झै उपरीक्षक पन्तका बिरूद्ध मेर्चाबन्दी गर्ने ब्यक्ति र समुह आज पुर्ण रुपमै परास्त भएका छन्। तस्करी र असुरक्षित जिल्लाको पहिचान भएको सुन्दर जिल्ला पर्सा र सुन्दर शहर बिरगंजले प्रहरी उपरीक्षक सतप्रयासले आफ्नो पहीचान बदलेको छ।

यस्का साथ साथै कोरोना भाईरस (covid-19) का कारण लकडाउन ले आक्रांत स्थानिय जनतालाई साधन र श्रोतले भ्याएसम्म सम्पुर्ण रुपमा सहयोग गर्दै कोरोनाबाट मुक्ति दिलाउने मार्गमा निरन्तर रुपमा प्रयासरत रहनुभएको छ। समाज र जनता निम्ति यति धेरै प्रयास गरीरहदा पनि निश्चित स्वार्थमा लुप्त केही थान मानिसहरु तय्यहरुलाई बङ्ग्याएर झुटको खेतीबाट सङलो बाली भित्र्याउने निरन्तर प्रयासमा लागिरहेको देखेर उहाहरुमाथि दया लाग्ने अवस्था आएको देख्दा कतै त्यस्ता कथित पेशाकर्मिहरुले अरुको बिरोध नगर्दा आफ्नो धरको चुलो निभ्ने कुरामा बिश्वास त छैन?

अनुसंधानको बिषय यही हो? उहाँको अागमन पछि अहिले पर्सा जिल्लाको भन्सार क्षेत्रमा हुने पोको तस्करी देखि अपराधिक गतिविधि सम्म पुर्णरुपले बन्द भएपछि अहिले जिल्ला भरि शान्ति सुरक्षा कायम रहेको पर्सा बासिले बताउछन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...