हाट बजार ब्यबस्थित नभएसम्म सन्तोषजनक उपभोग्य बस्तु सेवाग्राहीको तडप नै हुनेछ

  • भदौ २९, २०७७
  • ३२२ पटक पढिएको
  • राम पुकार यादव
alt


प्रदेश टाइम्स सिरहा । सेवाग्राही तथा समाजलाई उपभोगको लागि चाहिने खाद्दबस्तु बजार बाट उपलब्ध हुने गर्छ ।हाल कोरोना महामारीको कारण सरकारले पालना गर्न भनेको बन्दाबन्दीले समाज तथा सेवाग्राही अस्तब्यस्त बनेको देखिन्छ । लुकिछिपि उपलब्ध भैरहेको खाद्द सामग्रीहरु गुणस्तरीय र सन्तोषजनक रुपमा नभेटेको देखिन्छ । यसले सेवाग्राही तथा उपभोगताहरु मारमा मात्रै नपरि स्वास्थय अबस्थामा समेत असर पर्ने महसुस गरिरहेको अबस्था छ । हाल यस अबस्थालाई कसरी सहज र सरल गर्ने हो समाजीक उतरदायित्व भित्र परेको देखिन्छ । यतिखेर सिरहाको बिभिन्न हाट बजारहरु अब्यबस्थित रुपले चलिरहेको भान भएको छ । जब सम्म हाट बजार ब्यबस्ति हुदैन सन्तोषजनक उपभोग्य बस्तुको लागि समाज तथा सेवाग्राहीमा तडप नै सृजना भैरहने पक्का छ । त्यसैले हाल बिषम प्रस्थितीको कोरोना रोग ब्याधि र देशमा बन्दाबन्दिीको अबस्थालाइ मध्य नजर गरि हाट बजार ब्यबस्थापनको लागि बैकल्पिक उपायहरुको खोजिनिति गरि हरेक स्थानिय तहका बजारहरुमा त्यसता उपायहरु अबलम्बन गर्न गराउनु उचित रहेको देखिन्छ । साथै यसमा सरोकारबलाहरुले पनि सक्रिय भुमिका खेल्नु पर्ने देखिन्छ । त्यति मात्रै नभै आयात निर्यात देश र समाजको अर्थतन्त्रको मजबुत कडि भएकोले यसको सहजताको बाटो खोज्नु जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...