पश्चिम नवलपरासीमा एक ट्रक सहित अन्दाजी २९ लाख ३३ हजार मुल्य बराबरको अबैध मालसमान बरामद

  • भदौ २९, २०७७
  • ३८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

उर्मिला यादव

नवलपरासी भदौ २९ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आज सोमबार अबैध केराउ ओसारपसारमा संलग्न एक ट्रक सहित अन्दाजी २९ लाख ३३ हजार दुई सय मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित ना ४ ख ४६२५ नम्बरको ट्रकलाइ रोकेर चेकजाच गर्दा ट्रकमा चार सय बीस बोरामा दुई सय दश क्विन्टल हरीयो मटर फेला परी सोधपुछ गर्दा उक्त केराउ संग सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले ट्रक चालक सहित नियन्त्रणमा लिएको छ ।

उक्त मटरको अन्दाजी मुल्य १६ लाख ८० हजार र ट्रकको मुल्य अन्दाजी १० लाख गरी कुल २६ लाख ८० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । यस्तैगरी सोमबार बिहान इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउपालिका वडा नम्बर २ चादनी चोकबाट अन्दाजी ८४ हजार मुल्य बराबरको २१ बोरामा १ हजार ५० किलो हरीयो मटर बरामद गरेको छ । उक्त मटर बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ ।

यस्तै गरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नम्बर ४ बाइपासमा बेवारिसे अवस्थामा रहेको अन्दाजी ५० हजार मुल्य बराबरको ६ सय ५० किलो हरीयो मटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । यस्तै गरी सोमबार दिउसो नै सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ४४ हजार मुल्य बराबरको १९ बोरामा ५ सय ५० किलो हरीयो मटर पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ शंकरपुरबाट बरामद गरेको जनाएको छ । उक्त मटर मोटरसाइकलमा लैजादै गर्दा प्रहरी टोलीलाइ देखेर मानिस बोरा फाली भागेका थिए ।

यस्तै गरी सोमबार दिउसो नै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनीबाट अन्दाजी ५४ हजार मुल्य बराबरको १४ बोरामा ६ सय ७५ किलो हरीयो मटर र अन्दाजी १३ हजार २ सय मुल्य बराबरको २ सय २० पिस सेण्डो भेष्ट र ८ हजार मुल्य बराबरको ६ वटा सानो ग्यास सिलिण्डर र ग्यास चुल्होमा प्रयोग हुने सामानहरु बरामद गरेको छ । बरामद भएका सम्पुर्ण केराउ , मालसमान , १ ट्रक र एक जना ट्रक चालक समेतलाइ आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...