जबसम्म जनताको अधिकार सुरक्षीत हुदैन , शहीदको बलिदानी सार्थक हुदैन

  • भदौ ३०, २०७७
  • ३२२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

इन्द्र कुमार झा मधेशानन्द  |जबसम्म जनताको अधिकार सुरक्षीत हुदैन , शहीदको बलिदानी सार्थक हुदैन ! सहीदोंको सपना साकार नहुन्जेल एबं संबिधान कको त्रुटीहरु न सचिये सम्म हरेक साल, हरबार मधेशी, आदिबासी जनजातीं, मुस्लिम, महिला, दलितहरू आसीन 3 लाई अा आफ्नो तरीका बाट कालो दिन मनाउनु स्वभाबिक हो |
यो पटक अर्को बर्षको जस्तै हेर्नु पर्ने दिलचस्व बात यो हुन्छ की करोना को इफेक्ट जनता ले मनाउने कालो दिन र राज्यले मनाउने दीपाबली माथि के असर गर्दछ | संघिये सरकार दीपाबली कसरी मनाउछ त्यसमाथि पनि बिरोधको कार्यक्रमहरू धेरै हदसम्म निर्भर हुने हो |
सबै भन्दा दिलचस्व बात यस पटक यो छ की राष्ट्रीय जनता पार्टी नेपाल र समाजबादी फोरम नेपाल मिलेर बनेको पार्टी "समाजबादी, जनता पार्टी नेपाल यो बर्ष के गर्छ ? एकता को असर के हुन्छ ? अघिल्लो बर्ष समाजबादी फोरम संघिये सरकारमा शामिल हुँदा को फरक जनता ले हेरेको ले यसपाली के हुन्छ यो कौतुहुलता को बिषय हुनु पनि स्वभाबिक हो | सबलाई याद होला बीते साल समाजबादी पार्टी ले संघ मा दीपाबली मनाउने निर्णय गर्दा त्यही पार्टीको मधेश प्रदेश प्रमुख श्रीमति रेणु यादब जी ले कालो दिन मनाउने बिञप्ति जारी गरिन, पछी ती पार्टीको नेता कार्यकर्ताहरु केही न गर्ने, न्यूट्रल बसने नीति अख्तियार गरे | राजपा नेपालले देशभरी कालो दिन मनायो, थारू, मुस्लिम. जनजातीं, मधेशी सबै ले कालो दिबस मानाउड़ा, प्रदेश न . 2 को समाजबादी फोरमले न दीपाबली मनायो न कालो दिन | जचुकाली भित्र राखीएको एक मात्र कार्यक्रम "बृक्षा रोपण कार्यक्रम" मा पनि सरकार को तरफ बाट कुनै मंत्री सहभागी भई दियेन |
यो पटक जसपा नेपाल बनेर एकता भयेपछी यो दल दीबाली मनाउछ की कलो दीन या केही पनि होइन यो जिज्ञासा को बिषयलाई सजपा नेपालको राष्ट्रीय अध्यक्ष महंथ ठाकुर ज्यूले कालो दिबस मनाउने भनेर स्पस्ट गरी दिएका छन | हुन त कालो दिनको बिसयलाइ लिएर कुनै आधिकारिक बिज्ञप्ति, गाइड लाइन यो लेख लेख्दा सम्म आइसकेको छैन, तर पनि एकता को प्रभाब र तराई मधेश देखी पहाड़ सम्मको पार्टी बिस्तार ले अरु बर्ष भन्दा असोज 3 को कालो दिन अझ ब्यापक, सशक्त हुनुपर्ने हो |
यसपाली हिदुबादी हरुले पनि धर्म निरपेक्षता मा असहमती देखाउँदै देश भरी कालो दिन मनाउने जानकारी फेसबुक मार्फत दिने गरेको छ |अर्थात यो बर्ष नेपाल भरी नै कालो दिनको रुपमा असोज 3 लाई सशक्त तरिकाले मनाउने भये पछि ओली सरकार कसरी प्रस्तुत हुने हो यो पनि हेर्ने बिसय हुनसक्छ |
संघिये सरकारले के गर्छ, कसरी प्रस्तुत हुन्छ, सजपा एकता पछि कसरी प्रस्तुत हुन्छ त्यो त अहिले भन्न सकिन्न तर जनता देश भरी नै हरेक बर्ष झै कालो दिन मनाउने निश्चित छ |
अघिल्लो बर्षहरुमा आसीन 3 कालो दिन मनाउदा लिइएको महत्वपूर्ण क्लिपहरू, महत्वपूर्ण बिञप्तिहरू , बिचार, गोस्टी, बिरोध सभा, रैलिहरू फेसबुक स्टेटस, फेसबुक बैकग्राउंड, प्रोफाइल पिक्चर, जनता को बिचार, सहभागिता सहित को केही यादगार पलहरु....
जय मधेश ! बीर सहीद अमर रहे !!

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...