वडा नम्बर ७ को ९० प्रतिशत विकास खोइ ?

  • भदौ ३०, २०७७
  • ३३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स भदौ २९ गते बाँके  । नेपालगञ्ज उपमहानगरपालिका वडा नं–७ मा ९० प्रतिशत बिकासको काम भएको कुरा झुठो देखिँदै गएको छ । वडाभित्रको बिभिन्न टोलहरुमा नालाको पानी घरमै पसेपछि जनताको गुनासोलाई नकार्दे वडा अध्यक्ष जुम्मन खाँले ९० प्रतिशत बिकासका गतिबिधि वडामा संचालन गरेको दावी बिस्तारे झुठो साबित हुन थालेको छ । वडामा ९० प्रतिशत बिकास भएको कुरा गलत रहेको सोमबार वडाका बिभिन्न टोलहरुमा देखिएको अवस्थाले दर्शाएको हो । स्थानीय भन्छन्, वडाअध्यक्षले गरेको दावी झुठो छ । किनकी एकछिन पनि पानी पर्दा प्राय घरमा पानी पसेको देखिन्छ । सोमबार पनि यही अवस्था वडामा देखिएको स्थानीयले भिडियो बनाएर सामाजिक संजाल फेलबुकमा समेत पोष्ट गरेका छन् । भिडियोमा देखिएको दृश्य वडाले गरेको बिकासको चरितार्थ पुष्टि गरिरहेको देखिन्छ । घरमा पानी पसेको छ । घरका सदस्यहरुले पानी फालिरहेका छन् । त्यस्तै बिभिन्न टोलहरु जलमग्न छ । रानी तलाउको उत्तरतर्फ गरेको बाटोमा पानी जमेको पानि बर्षौ बितेको छ । नालाको पानी सबै बाटोमा भरिएको छ । बिभिन्न टोलहरुमा घर जाने बाटोमा घुँडासम्म पानी जमेको दृश्य देखिएको छ । त्यस्तै कतिपय टोलमा निर्माण गरिएको तेस्रो सहायक बाटोहरु पनि पानीेले डुबेका छन् । यस्तो अवस्था देखिँदा पनि वडा अध्यक्ष खाँले आफुले ९० प्रतिशत बिकासका कामहरु गरेको दावी गरिरहनुभएको छ । उहाँको दावी अनुसार बिगतमा भएको समस्या अहिले समाधान हुनुपर्ने होइन र ? तर खै त समस्या जहाँको त्यही छ ? कसरी बिकास भएको मान्ने पिडितहरु पश्न गर्छन । केहि दिन अघि वडामा यस्तै खाले समस्या देखिएपछि जनताको कुरालाई संचारमाध्यमले सार्वजनिक गरेपछि वडा अध्यक्षले समाचार गलत भएको भन्दै आफुले यो अवस्थासम्म काम गरिसकेको दावी गर्नुभएको हो । उहाँले पत्रकारलाई आक्षेप लगाउँदै व्यक्तिगत स्वार्थका लागि सामाचार सार्वजनिक भएको पनि बताउँदै आउनुभएको छ । अनन्त आएर उहाँले गर्दै आएको दावी छर्लङ्ग भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...