दलित सामाजिक विकास केन्द्र द्वारा किशोरीहरुलाई स्वास्थ तथा सरसफाई किट वितरण

  • भदौ ३०, २०७७
  • ३३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनीराम कोइरी कपिलबस्तु ।  कपिलबस्तु जिल्लाको १८ स्थानहरुमा किशोरीहरुलाई स्वास्थ तथा मर्यादित किट केएर नेपालको सहयोगमा दलित सामाजिक विकास केन्द्रले वितरण गरिएको छ । कोभिड १९को महामारीवाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्धेश्यवाट किशोरीहरुलाई उक्त किटहरु वितरण गरिएको हो ।
केएर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको संयुक्त साझेदारीमा संचालित अब मेरो पालो कार्यक्रम अन्र्तगतका क्षेत्रमा स्थानिय जनप्रतिनिधी ज्यूहरुको रोहबरमा किशोरीहरुलाई उक्त किट वितरण गरिएको हो । जिल्लाको ६ वटा स्थानिय तह अन्र्तगत जम्मा ४३० जना किशोरीहरुलाई किटहरु वितरण गरिएको छ । बैग सहित वितरण गरिएको प्रत्येक किटमा जम्मा १९ थान दैनिक रुपमा प्रयोग हुने सामाग्रीहरु रहेका छन । प्रति किटमा १ थान टिसर्ट, सुरुवाल, दुपटटा, काईंयो, साबुनदानी, २ थान कपडा धूने साबुन, १ थान टर्च, ब्रस दन्तमंजन, २ थान नुहाउने साबुन, १ थान सेनिटाईजर, सेनिटरी पैड, रुमाल, १ सेट चप्पल, ब्याग लगायत सामानहरु रहेको छ ।
कृष्णा नगर न.पा. वडा नं १२ ठकुरापुरमा २६ जना, विजयनगर गाउँ पालिका अन्र्तगत वडा नं. १ को जावाबैराठ मा १५ जना, वडा नं.२ को लोहरौलामा २६ जना , वडा नं. ३ को पथरदेइयामा २१ जना , जगदीशपुर डगडउवामा २६ जना, वडा नं. ५ को जुगुनियामा २७ , डालपुरमा २७ जना किशोरीहरु किट प्राप्त गरेका छन । भने शिवराज न.पा. अन्र्तगत चन्दौटा, पर्सिया तथा लालपुरका गरी जम्म ७३ जना किशोरीहरुले किट प्राप्त गरेका छन । बुद्धभूमि नगर पालिका अन्र्तगत वडा न २ को वडहरा, गोरु सिंहे तथा वडा नं ६को महुवा गरी जम्मा ९१ जनाले उक्त किट प्राप्त गरेका छन । महराजगंज न.पा. अन्र्तगत महराजगंज, औरहवा, पिपरी, उनवलिया, गैडवहवा मध्ये ७८ जनालाई किशोरी स्वास्थ मर्यादित किट वितरण गरिएको थियो ।
सामाग्री वितरणका लागी संस्था तर्फ बाट संस्थाका अध्यक्ष राम शरन रैदास, उपाध्यक्ष संजय कुमार कोरी र सचिव मन्टु कोरी लगायत टिमले किट वितरण तथा सरोकारवाला संग सम्पर्क समन्वयमा भुमिका खेलेका थिए भने कार्यक्रम संयोजक गोविन्द धवल र अनुगमन तथा मुल्याकंन सुपरभाइजर संगिता चौरसियाले सामाग्री वितरणका लागी ब्यवस्थापन कार्य गर्नु भएको छ । साथै अझै केही स्थानमा वितरण गर्नु पर्ने रहेको छ । यो संस्थाले किशोरीकिशोर, महिला, अपाडंगता भएका ब्यक्तिहरुको क्षेत्रमा नियमित रुपमा कार्य गर्दै आइरहेको छ ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...