रौतहटमा जारी निषेधाज्ञा आंशिक रुपमा खुल्यो

  • भदौ ३०, २०७७
  • २५१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मेवालाल यादव रौतहट – जिल्लामा जारी निषेधाज्ञा आंशिक रुपमा खुल्ला गरिएको छ । जिल्ला प्रशासन कायलर्य रौतहटले सुचना जारी गर्दै असोज १ गते देखी निषेधाज्ञा आंशिक रुपमा खुल्ला गरिएको जनाएको छ । क्याम्पस ,विद्यालय ,मठ, मन्दिर ,मस्जिद ,खेल मैदान ,जिम हल ,सिनेमा घर बन्द रहने छन भने भिडभाड ,मेला महोत्सव, जुलुस गर्न नपाईने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।असोज १ गते बाट जिल्ला भित्र सार्वजनिक यात्रुबाहक सवारी साधन चल्ले छन । सवै किसिमका पसलहरु, बैक बितिय सस्था, सरकारी कार्यालयहरु खुल्ला हुने रौतहटका सिडियो इन्द्रदेव यादवले जानकारी दिनुभयो । जिल्ला प्रशासन कायलर्यबाट हुने सेबा प्रबाहहरु टोकन प्रणालीको आधारमा संचालन हुने बताईएको छ । हरेक दिन १० देखी ४ बजे सम्म स्थानीय तह अनुसार बार तोकेर सेबा दिइने प्रमुख जिल्ला यादवले जानकारी दिनिुभयो । कार्यलयमा सेवा दिदा लिदा , पसलहरुमा , सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य सुरक्षा अनिवार्य अपनाउन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । खालि भए रौतहटका क्वारेनटाइन रौतहट जिल्लाको १८ वटै स्थानीय तहमा संचालन गरिएको क्वारेनटाइन खालि भएको छ ।जिल्लाको १८ वटा स्थानिय तहमा १ सय ३० वटा क्वारेन्टाइन सञ्चालनमा थिए । चैत ११ देखि हालसम्म १३ हजार ३ सय ७ जना क्वारेन्टाइनमा मानिसहरु बसेका थिए । कुनै समय हजारौँ मानिसले भरिभराउ भएका क्वारेन्टाइन अहिले रित्तिएका छन् । रोजगारीका लागी भारत गएकाहरु रोजगारी गुमाए पछि र स्वास्थयको जोखिम बढे पछि बैशाखको पहिलो साता घर फर्केका थिए । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढेसँगै उनीहरुको व्यवस्थापनमा पनि स्थानिय तह र प्रशासनलाई ठुलो चुनौति बनेको थियो । एकैसाथ धेरै मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्दा खाना, बस्न, शौचालय लगायत विभिन्न समस्याहरु सृजना भएका थिए । स्थानिय पालिकाहरुले आफ्नो पालिकाहरुमा रहेका अधिकासं विद्यालय र मदरसाहरुलाई क्वारेन्टाइन बनाएर मानिसहरु राखेका थिए । तर अहिले जिल्लाभर क्वारेन्टाइनमा एक जना पनि नभएको जिल्ला प्रशासनको तथ्याङ्कले देखाएको छ । बस्ने व्यक्ति नै नभएपछि अधिकांश क्वारेन्टाइन बन्दसमेत गरिएका छन् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार संक्रमितको उपचारका लागि जिल्लाभर ४ सय १९ बेड क्षमताका आइसोलेसन सञ्चालनमा छन् । अहिले सक्रिय संक्रमितहरू मात्र आइसोलेसनमा बसेको उँहाले बताउनुभयो । उहाँले कन्ट्याक ट्रेसिङ्गमा परेकाहरु, बाहिरी मुलुकबाट जिल्लामा आएकाहरु, लक्षण देखिएकाहरु पनि नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर घरमै क्वारेन्टाइनमा बस्न रुचाएकाले संस्थागत क्वारेन्टाइन खाली भएको बताउनुभयो । सुरुमा भारतबाट घर फर्केर क्वारेन्टाइन बसेकामा मात्र संक्रमण देखिएको थियो । अहिले समुदायमै रहेकामा पनि संक्रमण पुष्टि भएको छ । हाल स्थानीय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायत गरी १ सय ९३ जना आइसोलेसनमा छन् । जिल्लामा अहिलेसम्म १ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । १ हजार ५ सय ६२ जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको छ ।
 
 
 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...