विशेश्वर यादब स्मृति प्रतिस्ठानद्धारा सम्मान कार्यक्रम सम्पन्न

  • भदौ ३०, २०७७
  • १८६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रासिन्द्र यादब, सप्तरी, ३० भदौ । बिशेश्वर यादब स्मृति प्रतिस्ठानले सप्तरीको बलान बिहुल गाउँपालिबकामा ५ दर्जन भन्दावढी व्यक्तिहरुलाई सम्मान गरेको छ । बलान बिहुल गाउँपालिका बडा २ दिघिया स्थित गिरधर नाथ शिवालयको प्रांगनमा आयोजित स्व. विशेश्वर यादब (डाडो) को दोस्रो स्मृति सभाको अबसरमा कोभिड – १९ (कोरोना) माहामारीमा फ्रन्ट लाईनमा खटने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, समाजसेबि, पत्रकार र सेवा निबृत कर्मचारीहरुलाई सम्मान गरेका छन् । सम्मानित हुनेहरुमा एभी न्यूजका सप्तरी संबाददाता बैधनाथ यादब, सगरमाथा टिभीका मनोज माझी, साझा सबाल डटकमका राम नारायण पण्डित र रेडियो सौगात तथा नबसंग्राम दैनिकका रासिन्द्र यादब रहेका छन् ।  FB_IMG_1600177020114 त्यस्तै, स्वास्थ्यकर्मी चन्दिलाल साफी, रामनाथ यादब, प्रहरी चौकी चन्हीका प्रमुख सचितानन्द यादब, राजनितिकर्मी छत्र नारायण यादब, अरुण कुमार गोईत, पुर्ब जिल्ला शिक्षा अधिकारी गंगाराम यादब, बडा नं २ का बडा अध्यक्ष बिरेन्द्र गोईत, ज्येष्ठ नागरिक भुटनी देबि यादब लगायतका ५ दर्जन भन्दा बढी ब्यक्तिहरु सम्मानित भएका छन् । स्मृति प्रतिस्ठानलाई थप अगाडी बढाउन आबश्यक सहयोग गर्न तयार रहेको गापा अध्यक्ष गोईतले बताएका छन् । कार्यक्रममा पुर्ब जिल्ला शिक्षा अधिकारी गंगाराम यादब, बडा नं २ का बडा अध्यक्ष बिरेन्द्र गोईत लगायतकाले मन्तव्य राखेका थिए । प्रतिष्ठानको अध्यक्ष नागेश्बर यादबको अध्यक्षता, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबको बिशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । \

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...