भारतबाट लुकि छिपी नेपाल भित्रिने क्रम बढ्दो, समुदाय अझ महामारीको उच्च जोखिममा

  • भदौ ३१, २०७७
  • २२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

पवन शाह बिराटनगर / कोरोना महामारी अहिले तिव्र रुपमा समुदाय स्तरमै फ़ैलिरहेको बेलापनि लुकि छिपी भारत बाट नेपाल आउनेहरुमा कमि आएको छैन । सोमवार साझ साढे ४ बजेको समयमा बिराटनगर १८ मा पर्ने भेडियारीको बाटो भएर लुकि छिपी नेपाल तर्फ़ मोटर साईकलमा आउदै गरेको एक युवकलाई प्रहरीले चेक जाच गर्दा युवक को साथमा रहेको ब्यागमा हेर्दा सबै महिलाको कपडाहरु रहेको र थप अनुसंधान गर्दा महिला सहित तिन जना पालै पालो भारत बाट नेपाल आउन खोजेको पाईयो । त्यहा ड्युटीमा खटेको प्रहरीले तिनैजनालाई बोलाएर सोधपुछ गर्दा धरान उप-महानगर पालिका ७ र ९ वडामा घर भएको पाईयो । जस मध्ये दुई जना युवा केही दिन अगाड़ी परिक्षा भारत गएको खुलेको थियो भने एक जना महिला भारतमै बस्ने गरेको र कोरोनाको कारणले गर्दा अहिले नेपाल फ़र्किएको बताए । नेपाल रेल्वे यार्डमा ड्युटीमा रहेको प्रहरीले उनिहरुलाई जोगबनी बोर्डरको बाटो भएर रानि भन्सार नाकामा प्रक्रिया पुरा गरी फ़र्किन अनुरोध गरे । तर ति तिनै जनाको अभिभावकले भेडियारीमै एक स्थानिय अनमोल यादवलाई बिहे वारी कथा कुट्मेतीको को लागी आएको भनि बहाना बाउनुस भनि कुरो मिलाएको पाईयो । ति बिधार्थीको अभिभावक मध्ये एक जना धरान ९ मा हार्ड्वेयर को व्यवसाय गर्ने कासिनाथ यादवले प्रक्रिया गर्दा प्रक्रियामा जादा क्वारेनटाईनमा बस्नुपर्ने झन्झट र आफ़्नो व्यवसायमा असर पर्ने हुनाले केही पैसा खर्चै भएपनि चोर बाटो बाट जादा सजिलो हुने हुनाले यो बाटो अपनाएको हो । प्रहरीले तिनैजनाको अभिभावकहरुलाई भारत तिरै फ़र्केर रानी भन्सार अगाड़ी बाट प्रक्रिया पुरागरेर जानुस भनि धेरै अनुरोध गरेपछी रातीको करिब साढे ९ बजे तिर उनिहरु भारत तर्फ़ नै फ़र्के तर भोलि पल्ट बुधवारको दिन कुनै प्रक्रिया बिनानै सबै जना धरान पुगिसकेको जानकारी प्राप्त भयो । यस विषयमा धरान को ७ नम्बर वडा अध्यक्ष जिवन सुवेदी संग बुज्दा एक जना सम्पर्कमा आईसकेको बताउनु भयो त्यही ९ नम्बर वडा का वडा अध्यक्ष रत्न कट्वाल संग यस विषयमा सोध्दा नेपाल बाट भारत तर्फ़ एक जना टायल्स मार्बल ब्यापारी कासिनाथ यादव को छोरा परिक्षा दिन भारत गएको जानकारी भएको र फ़र्केको विषयमा कुनै पनि जानकारी नभएको बताउनु भयो । साथै वडा अध्यक्ष कट्वालको अनुसार मंगलवार सोहि वडाकै १८ जना व्यक्ति रानि बाट आर्थिक चलखेल गरी प्रक्रिया बिनानै धरान आएको बताउदै सबैको खोजि कार्य जारी रहेको बताउनुभयो । अहिलेको अवस्था यसरी लुकी छिपी नेपाल भारत ओहोर दोहोर गर्ने हुनाले समुदायमा संक्रमण तिव्र रुपमा फ़ैलिरेहेको छ त्यस्ता गतिविधी गर्नेहरुलाई कडा कार्वाहीको दायरामा नल्याउदा समुदायमा संक्रमण बढ्नु को साथै सबै नेपालीहरु कष्टकर जिवन जिउन बाध्य भएका छन र सबै नेपालीहरु आफ़्नै घरमा थुनिन समेत बाध्य छन । सम्बन्धीत निकायको ध्यान जाओस ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...