नारायणी नदिमा डुङ्गा डुबेर एक व्यक्ति बेपत्ता

  • भदौ ३१, २०७७
  • २०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा नवलपरासी ३१ भदौ  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।

सुस्ता गाउँपालिका वडा नं. ५ ठाडीघाटबाट नारायणी नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नदिमा डुबेपछी डुङ्गामा काम गर्ने एक व्यक्ति डुबेर नारायणी नदिमा बेपत्ता भएका हुन् । प्रहरीका अनुसार डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेका थिए । ६ जना आफै पौडी खेलेर नदि बाहिर निस्केका थिए ।

नारायणी नदिमा डुबेर बेपत्ता भएका ब्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएका ब्यक्ति भारतिय नागरिक अन्दाजी बर्ष ३२ को पुरुष रहेको र उनको थप पहिचान नखुलेको र खोजी कार्य भइरहेको प्रहरी चौकी रामनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...