पश्चिम नवलपरासीमा २ लाख ८५ हजार मुल्य बराबरको अबैध काठ तथा बिभिन्न मालसमान बरामद

  • भदौ ३१, २०७७
  • २५७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

उर्मिला यादव  नवलपरासी भदौ ३१ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट २ लाख ८५ हजार ५ सय १८ मुल्य बराबरको अबैध काठ तथा बिभिन्न मालसमान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलीले सरावल गाउपालिका वडा नम्बर २ देवीनगर स्थित ६ वटा साइकलमा राखि ल्याउदै गरेको सात थान ९८.२१ क्युफिट ० सालको चिरान काठ, साइकल र ६ जना मानिस सहित नियन्त्रणमा लिएको छ ।

उक्त काठ , ६ जना मानिस , र ६ वटा साइकल समेत आवश्यक कारवाहीका लागी बर्दघाट सरावल सब डिभिजन बन कार्यालयमा बुझाइएको र उक्त काठको मुल्य करिब ३२ हजार ८ सय ४० रुपैया रहेको प्रहरीले जनाएको छ । यस्तै गरी बुधबार नै अस्थाइ प्रहरी बिट भुमहीबाट खटिएको प्रहरी टोलीले सुनवल नगरपालिका वडा नम्बर १२ महामाया रोड स्थित लु १७ प ६३४३ नम्बरको मोटरसाइकलमा राखि ल्याउदै गरेको ४ थान ९४.८२ क्युफिट ० सालको चिरान काठ नियन्त्रणमा लिएको छ ।

अन्दाजी १५ हजार मुल्य बराबर रहेका उक्त काठ र मोटर साइकल समेतलाइ आवश्यक कारवाहीका लागी डिभिजन बन कार्यालय परासीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

यस्तै गरी इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ६४ हजार मुल्य बराबरको २६ बोरामा ८ सय किलो हरीयो मटर पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ मुडेराबाट बरामद गरेको छ ।

उक्त मटर मानिसले टाउकोमा बोकी लैजादै गर्दा प्रहरी टोलीलाइ देखि बोरा फाली मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएको मटर आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ। यस्तै गरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ६८ हजार ६ सय ७८ मुल्य बराबरको बिभिन्न कस्मेटिक तथा मोटरसाइकलका पार्टपुर्जा पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ रमपुरवाबाट बरामद गरेको छ ।

यस्तै गरी भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ५ हजार मुल्य बराबरको लेडिज कुर्ता, सुरुवाल लगायत बिभिन्न कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ गोपालपुरबाट बरामद गरेको जनाएको छ ।

उक्त मालसमान मोटरसाइलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखी सामान फालेर मानिस मोटरसाइकल सहित भागेका थिए । बुधबार बरामद भएको सबै मालसमान आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...