आर्थिक सशक्तिकरण र आर्थिक उपार्जन कार्यक्रम अन्र्तगत बाख्रा वितरण कार्यक्रम सम्पन्न गरियो

  • भदौ ३१, २०७७
  • २४९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कृष्ण कुमार यादव कपिलवस्तु भदौ, ३१ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका, कपिलबस्तु नगरपालिका र शुद्धोधन गाँउपालिका गरी ६० जना परिवार मध्ये कृष्णनगर नगरपालिका वडा नंं.१ मडहा गाँउमा आर्थिक उपार्जन तथा आर्थिक आयआर्जनमा बृद्धि गर्नका लागि ९ घरपरिवारलाई बाख्रा, १ परिवारलाई भैंसी तथा १ परिवारलाई तरकारी खेती, शुद्धोधन गा.पा.मा २८ गतेका दिन १० घरपरिवारलाई बाख्रा र कपिलवस्तु नगरपालिकामा २९ गते ९ जना घरपरिवारलाई जमुनपारी जातको बाख्रा, खोर, न्यूपियर घाँस र बाख्राहरुको जीवनवीमा गरी मधेश मानव अधिकार गृह (माहुरी होम) ले म्ँक्ष्म् को आर्थिक सहयोग, ख्क्इ नेपाल तथा ईन्टरनेशनल एलर्ट को प्राविधिक सहयोगमा संचालित सहज परियोजना अन्र्तगत वितरण गरको छ ।यसै वडाका वडा सदस्य श्री प्रर्मिला श्रीवास्तव ज्यूको रोहवरमा मधेश मानव अधिकार गृह (माहुरी होम)को कोषाध्यक्ष जय प्रकाश पाण्डेय र सदस्य प्रेम कुमार जयसवालको नेतृत्वमा स्थानीय सहजकर्ता गंगा यादव को संचालन, जीविकोपार्जन सल्लाहकार अभिषेक कुमार खेरवार र कार्यक्रम अधिकृत दिनेश कुमार चौधरी को सहजीकरण तथा कपिलवस्तु जिल्लाको कार्यक्रम अधिकृत रिखिराम निगमको व्यवस्थापनमा स्थानीय वासीहरुलाई हस्तान्तरण गरिएको छ । ६० घरपरिवार मध्ये वाकी रहेकालाई भैंसी पालन, किराना पसल, चिया नास्ता पसल, गाई पालन, कुखुरा पालन, कास्मेटिक पसल, फलफूल पसल, खुद्रा पसल, कपडा पसल, सिलाई कटाई व्यवसाय, भूजा व्यवसाय, मसला मिल, अगरवत्ती लगायतका व्यवसाय संचालन गरी उहाँहरुको आर्थिक स्थितिमा सुधार ल्याई लैंगिक हिंसा न्यूनीकरणका लागि सहयोग गर्नेछ भनी जानकारी सहज परियोजनाका कार्यक्रम अधिकृत रिखिराम निगमले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...